२८ आश्विन ।
विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डनबीचको खेल सुरु हुनेछ ।पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो । जोर्डनलाई उसैको घरेलु मैदानमा रोक्ने लक्ष्यमा नेपाल रहेको छ ।सन् २०११ मा जोर्डन बिरुद्द ९-० को हार बेहोरेको नेपालले अर्को खेलमा बराबरी गर्न सफल भएको थियो । आज जोर्डनको मैदानमा हुने खेलमा नेपाली टिम उच्च मनोबलका साथ् जित्ने उद्देश्य लिएर अगाडी बढ्ने छ । नेपालले आफ्नो पहिलो खेलमा कुबेतसँग ७-० को हार ब्यहोरेको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० गोलअन्तरले पराजित गरेको थियो । समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट दुई खेलमा हार र एक खेलमा जितसहित ३ अंक बनाएको छ । शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रो स्थानमा कुबेत, तेस्रो स्थानमा जोर्डन रहँदा चौथो स्थानमा नेपाल छ । त्यस्तै पुछारमा चाइनिज ताइपेई रहेको छ ।

