६ आश्विन २०७६,
काठमाडौं ।
प्रहरीले नक्कली धितो लिएको अभियोगमा ११ जनालाई पक्राउ गरेको छ । त्यसमा बैंक अफ काठमान्डुका तत्कालीन सीईओ अजय श्रेष्ठलगायत छन् । उनीहरूलाई विभिन्न समयमा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
सीआईबीका अनुसार खोलाको जग्गा राखेर ५ करोड ऋण स्वीकृत गरेको अनुसन्धानमा देखिएको छ । ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो । पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारी सुषमा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी छन् । बाँकी ऋणी रहेको सीआईबीले जनाएको छ ।

