२ आश्विन २०७६,
चित्रवन अनलाईन न्युज डेस्क ।
असोज ३ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले धेरै दर्शकको साथ् पाउने भएको छ , कारण असोज ३ गते शुक्रबार अन्य कुनै हिन्दि फिल्म तथा नेपाली फिल्म संग प्रतिस्प्रधा गर्न नपर्ने भए पछि चलचित्रले धेरै दर्शकको साथ् पाउने पक्कापक्की भएको हो । समग्रमा चलचित्रले बम्पर ओपनिङको अवसर पाएको छ । यो चलचित्रलाई देशभरका मल्टिप्लेक्सले उच्च शो उपलब्ध गराएका छन् । काठमाण्डौको क्यूएफएक्सले यो चलचित्रलाई अहिलेसम्मकै बढी शो दिएको छ । कुमारी, जय नेपाल, लाबिम, छाया सेन्टर र सिभिलमा गरि यो चलचित्रलाई ३८ शो दिइएको छ । देशभर क्यूएफएक्स चेनमा यो चलचित्रलाई ६४ शो मिलेको छ । यसैले पनि चलचित्रले पहिलो दिनमा नै बम्पर ओपनिङको अवसर पाएको छ । नयाँ चलचित्रको हलमा खडेरी लाग्दा क्यूएफएक्सले मंगलबार नै बुकिङ ओपनिङ गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र हिट चलचित्रको सिरिज भएकाले पनि दर्शकले प्रतिक्षा गरिरहेका छन् । दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई लगायतका कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । कबड्डी सिरिजको तेश्रो सिक्वेलले दर्शकको माया कति बटुल्ने छ त्यो भने भोलि देखि थाहा हुनेछ ।

