२१ भाद्र २०७६,
चित्रवन अनलाईन न्युज डेस्क
थारु महिला समुदायको महान पर्व जितिया नजिकिदै गर्दा “आयो रे जितिया” बोलको गित र सो गीतको म्युजिक भिडियो लोकार्पण भएको छ । थारु पत्रकार संघ नेपालको चौथो महादिवेशनको उद्घाटन समारोहमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले लोकार्पण गर्नुभएको गीतमा रोहित सिंह चौधरी, अनु चौधरी, समीक्षा चौधरीको आवाज रहेको छ । महरजिया महातो र रोहित सिंह चौधरीको शब्द रचना रहेको गीतमा रोहित सिंह चौधरीको संगीत रहेको छ । उक्त गीतको भिडियोमा सन्तकुमार चौधरीको छायांकन, सुरेश चौधरीको सम्पादन, अजय महतोको कोरियोग्राफी र हिरा चौधरीको निर्देशन रहेको छ ।भिडियोमा वीर चौधरी, विष्णु पञ्जियार र रोहित सिंह चौधरीको मुख्य भूमिका देख्न सकिन्छ भने कोरसको रुपमा स्थानीय थारु युवायुवतीहरुको नृत्य मनमोहक देख्न सकिन्छ ।

