५ भदौ २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागी सिंगापुर जानु पूर्व बसेको सचिवालय बैठकमा माधब कुमार नेपाल संग भनाभन भएको छ । पाटीमा तेस्रो बरियता खोसिए पछि माधव कुमार नेपाल असन्तुष्ट छन् । बैठकमा नेपाल आक्रोशित भए पनि अध्यक्ष प्रचण्डले समन्यकारी भूमिका खेलेका थिए ।असन्तुष्टिको बिषय भने ओली स्वास्थ्य उपचारमा भएका बेला पार्टीका महत्वपुर्ण निर्णय कसले गर्ने भन्ने बिषयमा रहेको थियो । भनाभनको स्तिथि आएपछि ओली संग फोनबार्ता गर्दै आपसी सहमतिमा निर्णयगर्ने पारित भएपनि ओली र नेपालको सम्बन्ध भने सुमधुर हुन सकेन । पछिल्लो समय आफ्नो तेस्रो बरियता खोसिएपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका छन् । उनले सचिवालय बैठकको पछिल्लो निर्णयमा असहमति जनाउँदै सातबुँदे नोट अफ डिसेन्ट दर्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार