५ भाद्र २०७६, टिकौली
श्रीकृष्ण जन्माष्टमी का लागि श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा सम्पूर्ण तयारी पुरा भएको छ वरिपरि सरसफाई गरिएको छ, आकर्षक झिलिमिली बत्तिले साँझ पख कृष्णमन्दिर बेहुली जस्तै सजिएको देख्न सकिन्छ । भोलि रहेको श्रीकृष्ण जन्माष्टमीमा मन्दिरका तर्फ बाट विभिन्न कार्यक्रम आयोजना गरिएको छ । भजन प्रतियोगिता, श्रीकृष्ण बाल लिला नाटक, डंडिया नृत्य, कलाकारहरुको आकर्षक भजन प्रस्तुति लगाएतका कार्यक्रम हुने श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रा.स. का अध्यक्ष बालकृष्ण अमगाईले जानकारी दिनुभयो ।
श्रीकृष्ण जन्माष्टमी कार्यक्रम सभ्य तथा भब्य बनाउन श्रद्धालु भक्तजनको भरपुर साथ् मिल्ने साथै प्रमुख अतिथिको रुपमा प्रदेश सभा साम्सद कृष्ण खनालको उपस्थिति रहने श्रीकृष्ण प्रणामी मन्दिर समितिका कार्यबाहक सचिब जगदिशचन्द्र बरालले जानकारी दिनुभयो ।
भक्तजनको उत्साहजनक सहभागिताका लागि सम्पूर्ण टोल बिकास संस्था मार्फत पत्राचार गरिएको श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका धार्मिक बरिष्ठ उपाध्यक्ष मणिप्रकाश खतिवडा बताउनुहुन्छ मन्दिरमा बिहानै देखि भक्तजनका लागि पुजा आराधनाको कार्यक्रम हुने साथै विदुषी सुश्री तारा माताजीको प्रवचन तथा बेलुका ८ बजे बाट राति १२ बजे सम्म कलाकारहरु द्वारा भजन तथा धार्मिक सांगीतिक प्रस्तुति हुने श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बरालले जानकारी दिनुभएको छ ।



