काठमाडौं, ७ असार । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाले १० असारमा नेपाल बन्द गर्ने भएको छ । नेकपाले बिहीबार सर्लाहीमा जिल्ला इन्चार्जकुमार पौडेलको हत्याको विरोधमा नेपाल बन्दको घोषणा गरेको हो ।
नेकपाले हत्याको निष्पक्ष छानबिनका लागि मानवअधिकारवादी, सञ्चारमाध्यम र बौद्धिक तथा नागरिक समाजसँग माग गरेको छ ।
त्यस्तै, नेकपाले वार्ताको प्रचार गरेर राजनीतिक कार्यकर्ताको हत्या गर्ने सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबैलाई आह्वान गरेको छ ।
उसले १० गतेको बन्द सफल पार्न भोलिदेखि प्रचारात्मक गतिविधि गर्नेसमेत विज्ञप्तिमार्फत जनाएको छ ।

