काठमाण्डौ २४ जेठ । पूर्वी क्षेत्रमा शुक्रबार तीव्र गतिको हुरीबताससहित पानी पर्ने सम्भावना टरेको मौसमविद्ले बताएका छन् ।

बिहीबार बेलुकी पश्चिममा विकास भएको न्यूनचापीय प्रणाली मध्य क्षेत्र हुँदै पूर्वतिर जाने अनुमान गरिएकोमा उत्तरतिर लागेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हिजो बेलुकी पश्चिममा चलेको हावा बिहान मध्य क्षेत्रमा आइपुगेको थियो, त्यही प्रणाली पूर्व सर्ने देखिएको थियो तर त्यो प्रणाली हामीले जाने अनुमान गरेको बाटोभन्दा माथिबाट उत्तरतिर सरेको छ ।’ यसका कारण पूर्वमा यसअघि अनुमान गरेको जस्तो तीव्र गतिको हुरीबतास चल्ने सम्भावना टरेको उहाँले बताउनुभयो ।

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरीसहित वर्षा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार