बुटवल, २२ जेठ । पश्चिम नेपालको बुटबल प्रमुख व्यापारीक केन्द्र हो । जसका यहाँ हरतरहका मानिसहरु बस्दै आएका छन् । भने सुरक्षा चुनौती पनि त्यहिकै मात्र रहेको छ ।
यसले गर्दा पनि ईलाका प्रहरी कार्यालय बुटबलमा धेरैका चासो रहन्छ । यहि कार्यालयमा कमाण्ड समालेका कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरिक्षक दिल बहादुर मल्लले अपराधिक क्रियाकलापसगैँ लागुऔषध नियन्त्रणमा नयाँ रेर्कड बनाएका छन् ।
आफु बुटबलको प्रमुखको रुपमा जिम्मेवारी समालेसगैँ मल्लले विल्कुलै फरक तरिकबाट गर्ने एक्सन नै उनका लागि सफल सावित बनेका छन् । भने उनले अपराधिक क्रियाकलाप नियन्त्रण शतप्रतिशत सकसेक भएको समेत देखिन्छ ।
सरल स्वभाव भएपनि अपराध नियन्त्रणका लागि उनले स्टाईल यतिवेला नेपाल प्रहरीमा नै मल्ल स्टाईलका रुपमा समेत परिचित बनेको प्रहरी अधिकारीहरु बताउछन् ।
एकै पटक ४ सय ७६ विद्यार्थी पक्राउ
कुनै अपराध नियन्त्रण जरा समातियो भने राम्रो सफलता हासिल गर्नसक्निछ भन्ने हेक्का राख्ने मल्लले लागुऔषध नियन्त्रण, विकृत हाटउन एकै पटकमा ४ सय ७६ विद्यार्थी पक्राउ गरेको बताए ।
बुटबलका होटल तथा रेष्टुराँहरुमा विद्यार्थी उमेरका युवाहरु संलग्नता भएको थाहा पाएपछि आफ्नै विशेष टोली मार्फत होटल तथा रेष्टुराँहरुमा विकृतीजन्य क्रियाकलाप प्रत्यक्ष संलग्न तिनिहरुलाई पक्राउ गरेको बताए ।
१३ देखि १८ बर्ष उमेर समुहका ति युवायुवतीहरुलाई रगेहात मादक डिसपी मल्लको एरिया कप्चर एण्ड क्वीक रेसपोन्स शैली यति बुटबलबासीहरुलाई निकै सार्थक बनेको छ । परिवारीक समस्या भएका र लहलहीमा लागेर ती युवायुवतीहरु गलत काम लागेको खुलेको समेत उनले बताए ।
बुटवलवासी हर्षित
यस्तै उनले गुण्डागर्र्दी, घरेलु मदिरा, लागुऔषध, जुवातास, विकृत यौन क्रियाकलाप, ट्राफिक कारबाही, जुवातास नियन्त्रणका लागि निकै आक्र्रमकका साथ थालेको अभियानले नै बुटवलवासी र्हषित बनेका छन् । प्रहरी जनता विच सहकार्यका लागि उनको प्रस्तुती र अपराध नियन्त्रण कार्यकौशल नै उनका लोकप्रिय पक्ष मानिन्छ । उनका बुटवलवासीमा उनी रुचाहीएका डिएसपी समेत बन्न सफल देखिएका हुन् ।
यौनधन्दा चलाउने सञ्चालक पक्राउ
मल्लले हासिल गरेको अर्को सफलता भनेको होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलमा प्रहरीले होटल सञ्चालक दम्पतिलाई पक्राउ पनि एक हो ।
होटलमा प्रहरी छापा हानेर हैरान बनाउछ भनि प्रहरीलाई आरोप लागि रहेका वेला उनले जड नै पत्ता लागेर त्यसलाई निस्तेज बनाउने अभियान पनि बुटबलवासीका लागि निकै राम्रो काम सावित भो ।
उनले बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको कुरा बाहिर ल्याए ।
होटलमा बढार कुँडार गर्न भनेर राखिएकी युवतीलाई यौन धन्दामा लगाएको सूचनापछि प्रहरीले बाग्लुङ निसिखोला ७ घर भई बुटवल ११ मा होटल चलाउँदै आएका होटल सञ्चालक दम्पत्ती टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेतलाई नियन्त्रणमा लिई कार्वाही गरेको इमल्लले बताए ।
भाँडा माँझ्न बसेकी किशोरीलाई आफ्नो होटलसँगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएको भनाइ छ ।
होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा विभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो ।
अब भने उनले गरेका उपलब्धी हेरौँ जस्ताकै तस्तै :
इलाका प्रहरी कार्यालय वुटवल, आ.व.२०७५।०७६ सालमा ठगी घटनाको विवरणः-
पहेलो रंगको धातु देखाई रकम लुटी ठगी गरेको :-
- घटना मिति:- २०७५।०६।२२ गते साँझ १८:१५ बजे ।
- घटनास्थल:- जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा नं.-२ फुलवारी गेट नजिकै ।
- जाहेरवाला/पीडित:- जिल्ला रुकुम, त्रिवेणी गा.पा. वडा नं.-६ घर भई हाल जिल्ला दाङ, तुल्सीपुर उ.म.न.पा. वडा नं.-५ बस्ने वर्ष-२३को नरहरी घर्ति ।
- ठगी भएको रकम:-रु २१,२५,०००।– (एक्काईस लाख पच्चीस हजार)
- बरामद दशीः- नगद रु १७,४०,०००।– (सत्र लाख चालीस हजार), मो.सा.थान ३, सुनको जस्तो देखिने ढिक्का थान २ ।
घटनाको छोटकरी विवरण:-
सामाजिक संजाल फेसबुक मार्फत चिनजान भएका राज भन्ने राजु परियारले जाहेरवाला नरहरी घर्ती समेतलाई आफूसँग सुनको ढिक्का रहेको हुदाँ पैसा लिई आउ भनि बुटवल बोलाएको । बुटवल बोलाए पछि जाहेरवाला नरहरी घर्तिसँग रु २१,२५,०००।– लिई साथमा रहेको सुन जस्तो पहेलो रंगको ढिक्का थान-१ दिई ठगि गरेको ।
पक्राउमा परेका व्यक्तिहरुः–
- जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं.१० बस्ने बर्ष २७ को राज सुर्यबंशी भन्ने राजु परियार
- जिल्ला कपिलवस्तु क.व.नगरपालिका वडा नं.३ महिता वस्ने बर्ष ३५ को हुमनाथ पौडेल ।
- जिल्ला कपिलवस्तु क.व.नगरपालिका वडा नं.३ महिता बस्ने बर्ष २३ को शंकर भन्ने गावेश्वर पौडेल ।
- जिल्ला गुल्मी चन्द्रकोट गाँउपालिका वडा नं.४ बस्ने तिल बहादुर सार्की ।
- जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं.६ वस्ने बर्ष ३८ को सन्तोष भन्ने सुरेन्द्र दर्जि ।
- जिल्ला नवलपरासी नन्दनपालि गाँउपालिका वडा नं.६ बस्ने बर्ष २८ को समिर भन्ने अब्दुल पखिया
विदेशका बिभिन्न देशमा टुर पठाई दिन्छु भनि रकम ठगी गर्ने पक्राउ
नेपालका बिभिन्न मानिसहरुलाई बिदेशका बिभिन्न देशहरुमा टुर पठाई दिन्छु भनि प्रलोभनमा पारी रकम ठगी गरेको ।
पक्राउमा परेका व्यक्तिहरुः-
- जिल्ला रुपन्देही वुटवल उप महानगरपालिका वडा नं.९ बस्ने बर्ष २३ को अब्दुल कयूम
- जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.५ बस्ने बर्ष २५ को प्रकाश पौडेल ।
प्रेमको नाटक गरी रकम र सुनको सिक्री ठगी गर्ने पक्राउ
देश बिदेशमा घुमफिर तथा कमाई गरेको रकम बैंक तथा वित्तिय संस्थाहरुमा जम्मा रहेको हुदाँ उक्त रकम निकाल्न पैसाको आवश्यकता प-यो भनि विभिन्न सोझा साझा महिलाहरुलाई ललाई फकाई गरी प्रेमको नाटक समेत गरी रकम र सुनका सिक्री ठगी गरेको ।
पक्राउमा परेका प्रतिवादीः–
उजुरीको आधारमा जिल्ला मकवानपुर, बासामाडी वडा नं.-९ घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.-१ बेलको रुख स्थितमा बस्ने वर्ष-४० को रोशन बजगाई ।
सामाजिक सञ्जाल imo वाट ठगी गर्ने पक्राउ
विगत लामो समय अघि देखि सामाजिक सञ्जाल imo वाट भारतिय रुपैया २५,००,०००।– (पच्चीस लाख) को भाग्यसाली चिट्ठा परेको छ । उक्त चिठ्ठा लिनको लागि सरकारलाई Income Tax वापतको रकम अग्रिम रुपमा भुक्तान गर्नु पर्दछ भनि भर विश्वास दिलाई, झुक्याई परिवर्तित नाम हिमालचुलीलाई भा. रु ४५,०००।– मनि ट्रान्सफरमा राख्न लगाउने रकम ठगी गर्ने तिन जनालाई मिति २०७५।०९।०१ गते साँझ ने.रु २,४१,५००।– (दुई लाख एक्चालिस हजार पाँच सय) सहित पक्राउ गरी निजहरु उपर संगठितरुपमा ठगी मुद्दामा म्यादथप लिई थप अनुसन्धान कार्य भई रहेको ।
पक्राउमा परेका प्रतिवादीहरुः-
- भारत जिल्ला महाराजगंज थाना सुनौली ग्राम जुगौली बस्ने बर्ष १८ को मुन्ना भन्ने महमद हसन ।
- जिल्ला रुपन्देही रोहिणी गा.पा वडा नं १ सिमलपानी वस्ने बर्ष २० को सम्सुदिन जोलहा ।
- जिल्ला रुपन्देही सि.न.पा वडा नं १ वेलहिया बस्ने बर्ष २० को अब्दुल हफिज पठान
“ एक लाखको गड्डी हो भनि सुन तथा नगद ठगी गर्ने पक्राउ”
पत्रिका तथा कागजलाई पैसा जस्तो बनाई माथीबाट भा.रु. नोट राखी भा.रु. रकम हो एक लाखको गड्डी छ भनि बिभिन्न मानिसहरुलाई प्रलोभनमा पारी सुनको गरगहना तथा नगद ठगी गरेको ।
पक्राउमा परेका व्यक्तिहरुः-
- जिल्ला गुल्मी ईस्मा गाँउपालिका वडा नं.६ बस्ने बर्ष ३० को ढाल बहादुर कुमाल ।
- जिल्ला गुल्मी ईस्मा गाँउपालिका वडा नं.६ बस्ने वर्ष २२ को बिकास मुखिया ।
- जिल्ला गुल्मी ईस्मा गाँउपालिका वडा नं.६ बस्ने बर्ष ३० को कमल मुखिया ।
- जिल्ला गुल्मी ईस्मा गाँउपालिका वडा नं.६ बस्ने वर्ष ३३ को दुर्गा बहादुर मुखिया ।
ठगी मुद्धा दर्ता सख्याः- ५ , पक्राउ संख्याः- १६ जनालाई कारवाही गरिएको ।

