चितवन ११ जेठ । खैरहनी नगरपालिका–१३ नम्वर वडा कार्यालयले वडाभित्रका ६० जना वृद्धवृद्धालाई सम्मान गरेको छ ।वडा कार्यालयमा शनिवार एक कार्यक्रमकाबीच खैरहनी नगरपालिका प्रशासकिय अधिकृत प्रकाश चन्द्र पौडेल ,खैरहनी ७ का वडा अध्यक्ष एवं समाजिक विकाश समितिका संयोजक मेनेजर चौधरी र वडाध्यक्ष वालकुमार उप्रेतीले वृद्धावृद्धालाई सम्मान गर्नु भएको थियो । वृद्धवृद्धालाई नगद ८ सय २५,गुलकुच ,क्यान जुस र दोसल्ला ओडायर सम्मान गरिएकोे वडाध्यक्ष उप्रेतिले बताए ।

कार्यक्रममा खैरहनी नगरपालिका प्रशासकिय अधिकृत प्रकाश चन्द्र पौडेल प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै कार्यक्रममा खैरहनी नगरपालिकाका समाजिक विकाश समितिका संयोजक मेनेजर चौधरी, खैरहनी १३ का वडा सदस्य जिवन कार्की । त्यस्तै नगरपालिकाका महिला विकास साखाका सविता खनाल, सरस्वती चालिसे लगायतले मन्तव्य राख्नु भएको थियो । खैरहनी १३ का वडाध्यक्ष उप्रेतिको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्य टिका दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर