काठमाडौ २३ बैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा हुँदैछ ।
काठमाडौंमा आज एक औपचारिक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।
एकीकृत पार्टीमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलो वरियतामा रहने छन् भने कार्यकारी अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग रहने छ ।
पार्टी एकीकरणपछि डा. भट्टराईले संघीय परिषद्को नेतृत्व गर्दा केन्द्रीय समिति र संसदीय दलको नेतृत्व यादवले गर्ने सहमति भएको छ । एकीकृत पार्टीमा फोरमबाट १६ जना र नयाँ शक्तिबाट ९ जना पदाधिकारी गरी २५ जना रहने छन् ।
अहिले संघीय संसद्मा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् । एकीकरणपछि बन्ने पार्टी १७ सांसदसहित संघीय संसद्को तेस्रो ठूलो दल बन्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार