१६ बैशाख । अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्युमर देखिएपछि भारतमा शल्याक्रिया भएको छ । उनले सोमवार आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भारतमा सफल शल्याक्रिया भएको जनाएकी छिन् । आफूसँग जिन्दगीले दोस्रो पटक खेल खेलेको बताउँदै शल्याक्रियापछि दोस्रो जीवन पाएको उनले स्टाटसमा लेखेकी छिन् ।
’फिल्म ’हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन गएको केही दिनपछि नै उनको घाँटी र चिउँडो नजिकै निकै पीडा हुन थालेको वताइन । डाक्टरसँग परामर्श गर्दा गर्धनमा ट्युमर देखियको र तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना देखिएपछि हाल दिल्ली आएर उपचार गराइरहेकी छु’, उनले स्टाटसमा लेखेकी छिन् ।

