काठमाडौ १५ बैशाख । नेपाली काँग्रेसमा पार्टीभित्र अनुशासन उल्लंघन गर्नेलाई कारवाहीगरिने भएको छ । केन्द्रीयअनुशासन समितिले छलफल गरेर देशभरीभरी निर्देशिका पठाउने छ । पार्टीीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीकाशीर्ष नेतादेखि कार्यकर्तासम्मलाई निगरानीमा राख्ने गरि कार्यविधीबन्दैछ । केन्द्रीयअनुशासन समितिको बैठक आज बस्दैछ । पार्टीको नयाँविधानअनुसार गठित अनुशासन समितिले चैत मसान्तभित्रउजुरी दिन७७ वटै जिल्लालाई पत्राचार गरेको थियो । सबै जिल्लाबाट प्राप्त १२० उजुरी परेका छन । तीउजुरीमाथि छानबिन गर्न आजदेखि केन्द्रीयअनुशासन समितिको बैठक बोलाइएको छ । बैठक लगातार बस्ने र पार्टीको विधान, आचारसंहिता, आचारण विपरित गएको पाइएकारवाहीगरिने केन्द्रीयअनुशासन समितिका संयोजकमाभीष्मराजआङ्दम्बेले जानकारी दिनुभयो । वैशाख २५ देखि जेठ २५ सम्म एक महिने जनजागरण अभियानकाविषयापनि समितिमा छलफल हुनेछ । स्थानीयतह, प्रदेशसभा र प्रतिनिधिसभासदस्यको निर्वाचनमा अन्तर्घातहरू गर्नेहरुको उजुरी पनि परेको छ । उजुरीमध्ये छानबिनपछि २५० जनालाई स्पष्टीकरण मागगरिएको र १११ जनाले स्पष्टीकरण पेस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार