काठमाडौ ९ बैशाख । लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये वैशाख ७ गतेसम्म २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको लगानी बोर्डले जनाएको हो । यी सबै ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव भएको महानिर्देशक महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकांश परियोजनामा एउटामात्र प्रस्ताव परेको छ भने यातायात पूर्वाधारका योजनामा लगानीकर्ताको धेरै चासो देखिएको छ । चैत १५ र १६ गते काठमाडौंमा गरिएको लगानी सम्मेलनमा सरकारले ५० र निजी क्षेत्रले २७ गरी कुल ७७ परियोजना प्रस्तुत गरेका थिए । तीमध्ये २६ वटामा लगानी प्रस्ताव आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार