बारा २२ चैत । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा आएको एउटा टोलीले बिहीबार बाराको हावाहुरी प्रभावित विभिन्न क्षेत्रहरुमा स्थलगत अबलोकन तथा स्थानीय संग अन्तरक्रिया गरेको छ । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि समेत रहेका ढकालले पर्याप्त राहत नपुगेको देवताल गाउँपालिकाको एक सय ७० घरपरिवारलाई सौर्य ऊर्जाबाट चल्ने बत्ती वितरण गर्नु भएको थियो । साथै नेता ढकाल युनिसेफ, राधे राधे धाम लगायत विभिन्न संघ सस्थाको राहत वितरण कार्यक्रममा पनि सहभागी भै सम्पूर्ण स्वयम सबक हरुलाई प्रोत्साहित गर्दै विपत्तिमा परेकाहरूका सााथमा आफूहरू रहेको सन्देश प्रवाह गर्नु भयो। अध्यक्ष ढकालले देशको कुनै पनि भूभागका नागरिकको पिडा सबै नागरिकको साझा पिडा हो भन्दै दुखको घडीमा सबै एक भयर सामना गर्नु वताउनु भएको छ । अध्यक्ष ढकालले तीनै तहका सरकार, सुरक्षा अंगहरू र विभिन्न संघ÷संस्थाले राहत तथा उद्धारमा देखाएको योगदानलाई कदर गर्दै भबिष्य पर्न सक्ने प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न बेलामै उचित साबधानी अपनाउन पनि सरोकारवाला हरुलाई सुझाब दिनु दिए । नेता ढकाल सँगै पार्टीका महामन्त्री विनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल, सभासद मिलन राजवंशी, बाराका परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, पर्साकापरिवार दलका जिल्ला अध्यक्ष पल्टन प्रसाद पटेल तथा नेकपाका पूर्वसांसद प्रह्लाद लामिछानेलगायत दर्जनौ सुभ चिन्तक तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

