ताजा समाचार

अब राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था

अब राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था

काठमाडौँ : अब ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने व्यवस्था सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षणका क्रममा यस्तो घोषणा गरेका हुन्। लामो समयदेखि सेवाग्राहीले लाइसेन्सका लागि कुर्नुपरेको समस्यालाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य समेत राखिएको छ। मन्त्री तिमिल्सिनाले अब सेवा अवरुद्ध नहुने र नागरिकले छिटो सेवा पाउने विश्वास व्यक्त गरे। निरीक्षणका क्रममा उनले अर्बौँ रुपैयाँ खर्चेर खरिद गरिएका उपकरण प्रयोगविहीन हुनु दुःखद भएको उल्लेख गर्दै ती उपकरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल सुरु…
Read More
टिकौली मध्यवर्ती सामुदायिक वनको नवौं वार्षिक साधारण सभा, अध्यक्षले प्रस्तुत गरे महत्वाकांछी योजना

टिकौली मध्यवर्ती सामुदायिक वनको नवौं वार्षिक साधारण सभा, अध्यक्षले प्रस्तुत गरे महत्वाकांछी योजना

४ चैत, रत्ननगर । रामु आचार्य । चितवनको रत्ननगर–९ स्थित टिकौली ईको पार्कमा टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वन समूहका अध्यक्ष बुद्धिसेन चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख रविन चौधरी विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष माधव प्रसाद अर्याल, निवर्तमान अध्यक्ष इश्वरी प्रसाद लामिछाने, पूर्व अध्यक्षहरू बन्धुराम महतो र बुद्धिमान वि.क., संस्थापक सचिव मणि प्रकाश खतिवडा, सल्लाहकार लेखनाथ आचार्य, विज्ञ सल्लाहकार ध्रुव अधिकारी, अनुगमन संयोजक दशरथ महतो लगायत वडाका विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको…
Read More
खोटाङमा हेलिकप्टर दुर्घटना, १ जना घाइते

खोटाङमा हेलिकप्टर दुर्घटना, १ जना घाइते

काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा काठमाडौंबाट गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो । काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा  ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकप्टर पुर्णरूपमा क्षतिग्रस्त भएको छ भने  एक जना यात्रु सामान्य घाइते भएकोमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।  । घाइते काजीबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइसकिएको छ ।
Read More
एकता शिशु निकेतनमा फुड फेष्टिवल, १२ स्टलमा खानाका विविध परिकार

एकता शिशु निकेतनमा फुड फेष्टिवल, १२ स्टलमा खानाका विविध परिकार

१ फाल्गुण, रत्ननगर । रत्ननगर–१० मा रहेको एकता शिशु निकेतनमा आज फुड फेष्टिवल कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुले स्वत: स्फुर्त रुपमा आफुले बनाउन जानेका खानाको परिकारहरु फेष्टिवलमा उपलव्ध रहेको थियो । ८/८ जनाको समूहमा कुल १२ वटा स्टल राखिएको उक्त कार्यक्रममा म:म, फ्रेन्च फ्राई, पकौडा, चिकेन रोल, पप्कन, लस्सी, चट्पट, फ्रुट सलाद, ससेज लगायतका खानाका विविध परिकार विद्यार्थीहरुले तयार गरेका थिए । विद्यार्थीहरुले तयार गरेका सम्पूर्ण खानाका परिकार विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले खरिद गरेका थिए । खानाका परिकारहरु स्वादिष्ट तथा स्वस्थ रहेको उपभोक्ताहरुको भनाई थियो । विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी विविध अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रिय बनाउन…
Read More
चितवने संगीतकार तथा गायक मानन्धरको “जिउने बाचा” सार्वजनिक

चितवने संगीतकार तथा गायक मानन्धरको “जिउने बाचा” सार्वजनिक

पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली “जिउने बाचा” गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । गीतमा चितवनकै सर्जक रामु आचार्यको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा अजय श्रेष्ठ, सरिता बराल तथा टिकाराम शर्मा लामिछानेको अभिनय रहेको छ, कृष्ण प्रसाद देवकोटाको छायांकन रहेको गीतमा ड्रोन अपरेटर पुजन लामिछाने रहेका छन् । गीतमा रामु आचार्यको कथा, सम्पादन तथा निर्देशन रहेको छ । प्रेमी प्रेमिका बिचको माया साथै बिछोडका पलहरुलाई गीतमा…
Read More
सकियो रत्ननगर महोत्सव, २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

सकियो रत्ननगर महोत्सव, २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव ४ लाख ५० हजारले अबलोकन गरेको र २६ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद घिमिरेले जानकारी दिए । यस पटकको महोत्सवमा रामजानकी मन्दिरको मुल गेट निर्माण गरिएको थियो । महोत्सव अबलोकन गर्न आएका अधिकाँसले रामजानकी गेटमा फोटो र भिडियो खिचेका छन् । महोत्सव अन्तर्गत गरिएको मह उत्सब उत्पादन र बजारीकरणको हिसाबले कोसेढुंगा सावित भएको छ । जिल्ला समन्वय समितिका प्रमुख…
Read More
रत्ननगर महोत्सव आज बन्यो भजनमय, भोलि रचना रिमाल आउने

रत्ननगर महोत्सव आज बन्यो भजनमय, भोलि रचना रिमाल आउने

२६ पौष, रत्ननगर । हिजोबाट रत्नगर स्थित टिकौली चौरमा सुरु भएको १३ औं संस्करणको रत्ननगर महोत्सव आज भजनमय बनेको छ भने लोकप्रिय राष्ट्रिय कलाकारहरु नबिन पौडेल, कुशल बेलबासे तथा शान्तारानी परियारले दर्शकको उल्लेख्य साथ पाएका थिए । महोत्सवमा आज सम्पन्न भजन प्रतियोगितामा रत्ननगर ९ को धौलागिरी भजन समुहले प्रथम स्थान हासिल गरेको छ भने, कालिका भजन समूह, कालिका-२ दोस्रो, शिवशक्ति भजन समूह खैरहनी तेश्रो तथा सरस्वती भजन समूह रत्ननगर-१५ ले सान्त्वना स्थान हासिल गरेको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवन शाखाको समन्वयमा सम्पन्न भजन प्रतियोगितामा लोक तथा दोहोरी गायक नबिन पौडेल, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान…
Read More
२७ वर्षको यात्रा : दशैँ मेलादेखि १३ औं रत्ननगर महोत्सवसम्म, तयारी अन्तिम चरणमा

२७ वर्षको यात्रा : दशैँ मेलादेखि १३ औं रत्ननगर महोत्सवसम्म, तयारी अन्तिम चरणमा

लक्ष्मण सापकोटा/रत्ननगर, पौष १९ । चितवनको रत्ननगरमा वि.सं. २०५५ मा दशैँ मेलाबाट सुरु भएर परिष्कृत हुँदै २०५६ देखि रत्ननगर महोत्सवको रूपमा निरन्तरता पाउँदै आएको छ । २७ वर्षको यात्रा पूरा गर्दै यसपटक महोत्सवको १३औँ संस्करण आयोजना हुन लागेको छ । पछिल्ला केही संस्करणहरू हरेक दुई वर्षमा हुँदै आए पनि यसको लोकप्रियता घटेको छैन। आगामी पुस २५ गतेदेखि माघ ६ गतेसम्म रत्ननगर नगरपालिका–टिकौली चौरमा आयोजना हुने यस महोत्सवको संरक्षक रत्ननगर नगरपालिका रहेको छ भने आयोजक रत्ननगर उद्योग वाणिज्य सङ्घ हो। मुख्य प्रायोजक होटल सेभेन स्टार सौराहा रहेको छ। महोत्सव नजिकिँदै गर्दा ८५ प्रतिशत तयारी पूरा भएको सङ्घले जनाएको छ। यसपटक महोत्सवमा…
Read More
चितवनमा चिसो बढ्यो, जनजीवन प्रभावित

चितवनमा चिसो बढ्यो, जनजीवन प्रभावित

१४ पौष, रत्ननगर । यस वर्ष पुस महिनाको सुरुवातदेखि चिसोको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। विगत एक हप्ता यता चिसो हावा, घना हुस्सु र कुहिरोको प्रभावले चितवन सहित आसपास क्षेत्रका मानिसहरूलाई सामान्य जनजीवनमा कठिनाइ भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण तापक्रम घटिरहेको र बिहान–बिहान हुस्सु र कुहिरो रहनसक्ने वातावरण बनेको छ, जसले दैनिक गतिविधिमा असर पार्दै आएको बताइएको छ। चिसो बढेको कारणले अनेक समस्या उब्जिएको छ — • बिहानको समयमा सडकयात्रामा असुविधा भएको छ। • बालबालिका र वृद्धवृद्धा झन् बढी प्रभावित भएका छन्, कतिपयले विद्यालय जाने वा घरबाहिर निस्कन गाह्रो भएको बताएका छन्।…
Read More
पौष २५ गतेदेखि टिकौली चौरमा १३औँ रत्ननगर महोत्सव हुँदै

पौष २५ गतेदेखि टिकौली चौरमा १३औँ रत्ननगर महोत्सव हुँदै

रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी । सिर्जनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा महोत्सव हुन लागेको हो । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा हुने यो महोत्सवले कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.