विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी

विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा सोमबार विद्युतीय सुरक्षा दिबसको अबसरमा सचेतनामुलक प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले आयोजना गरेको सो प्रभातफेरीले टाँडी बजार परिक्रमा गरेको थियो । विद्युतको सही प्रयोग, चोरी नियन्त्रण र दुर्घटनाबाट जोगिन सार्वजनिक अपील गर्दै प्रभातफेरी निकालिएको वितरण केन्द्रका इन्जिनियर प्रदिप पौडेलले जानकारी दिए । प्रभातफेरीमा मुल व्यानरमा प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित प्रयोग गरौं, सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्नेको साँचो, सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा, नगरौ है चोरीको धन्दा, परिएला कानुनको फन्दा लगायतका लगायतका नारा लेखेका थिए । प्रभातफेरी पछि वितरण केन्द्रमा आयोजित कार्यक्रममा इन्जिनियर पौडेलले अहिले लोडसेडिङ नरहेको स्पष्ट…
Read More
चेपाङ बस्तीमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार

चेपाङ बस्तीमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार

राप्ती । राप्ती नगरपालिक वडा नं १० वडा नं १० कोराक र किरणटारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ९३० जनाको उपचार गरिएको छ । सीमान्तकृत चेपाङ समुदायलाई केन्द्रीत गरी आयोजना गरिएको शिविरमा बृद्धा, बालबालिका सहित स्थानीयहरुको उपचार गरिएको थियो । सोमबार कोराक र मंगलबार किरणटारमा शिविर गरिएको हो । ग्रिन सोसाइटी नेपाल सौराहाको आयोजना तथा ग्रीन सोसाइटी पब्लिक स्कूल, राप्ती नगरपालिका वडा नं १०, रत्ननगर प्याब्सन, जेसीआई खैरहनी पर्साको सह–आयोजना र शान्ति सेवागृह काठमाडौंको प्राविधिक सहयोगमा विकट बस्तीमा शिविर गरिएको हो । कोराकमा १८९ जना वृद्धवृद्धा र अन्य उमेर समूहका तथा ९७ जना बालबालिका गरी २८६ जना र किरणटारमा ६५०…
Read More
कोराकमा निःशुल्क स्वास्थ्य शिविर : २८६ जनाको स्वास्थ्य परीक्षण

कोराकमा निःशुल्क स्वास्थ्य शिविर : २८६ जनाको स्वास्थ्य परीक्षण

चितवन, चैत २५ । चितवनको राप्ती नगरपालिका वडा नं. १० स्थित चौघरा कोराक स्वास्थ्य चौकीमा वृहद् निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। ग्रीन सोसाइटी नेपाल रत्ननगर-७ सौराहाको आयोजनामा भएको शिविरमा बृद्धबृद्धा लगायत विभिन्न उमेर समूहका १८९ जना र बालबालिकाहरू ९७ जना गरी कुल २८६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शिविरले स्थानीय समुदायको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको ग्रीन सोसाइटीका श्रीलाल परिवारले बताए । कार्यक्रममा राप्ती नगरपालिका वडा नं. १०, ग्रीन सोसाइटी पब्लिक स्कूल रत्ननगर-७, रत्ननगर प्याब्सन र जेसी आई खैरहनी पर्साको सह-आयोजना रहेको थियो । शिविरमा शान्ति सेवा गृह काठमाडौंले प्राविधिक सहयोग प्रदान गरेको थियो ।
Read More
रत्ननगरमा २३ जना बटुकको सामुहिक ब्रतबन्ध

रत्ननगरमा २३ जना बटुकको सामुहिक ब्रतबन्ध

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा २३ जना बटुकको सामुहिक ब्रतबन्ध गरिएको छ । रत्ननगर वडा नं २ शिवालय मन्दिर परिसरमा निर्माण गरिएको मण्डपमा २३ जनाको सामुहिक ब्रतबन्ध गरिएको हो । रत्ननगर जेसीजले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट छोराहरुको ब्रतबन्ध गर्न रत्ननगर ल्याइएको थियो । २३ जनालाई एउटै मण्डपमा राखेर तिलनाथ खनाल सहित तीन जना पण्डितले विधिपूबक बटुकहरुको ब्रतबन्ध गरेका थिए । रत्ननगर जेसीजका अध्यक्ष बाबुराम परियारले धर्मसंस्कृतिको संरक्षणसंगै आर्थिक अबस्था कमजोर भएका परिवारका छोराहरुको सहज तरिकाले कर्म पुरा गर्ने उद्देश्यले सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरिएको बताए । रत्ननगर जेसीजले सुरु गरेको सामुहिक ब्रतबन्धको आठौं संस्करण सोमबार गरेका छौं…
Read More
रत्ननगरमा बृहत नि:शुल्क योग शिविर हुने

रत्ननगरमा बृहत नि:शुल्क योग शिविर हुने

पतंजली योग समिति, चितवनको आयोजनामा यहि चैत २६ गते देखि ३० गते सम्म रत्ननगर-२ चितवनस्थित नेपाल नमुना माध्यमिक विद्यालयको चौरमा `बृहत नि:शुल्क योग शिविर´ संचालन हुने भएको छ। बिहान ५ बजे देखि ७ बजेसम्म संचालन हुने सो शिविरको अवधिभर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका विशेषज्ञ चिकित्सकज्युहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण एवं परामर्श सेवा प्रदान गरिनेछ । नसर्ने रोग न्युनिकरण, रोकथाम र व्यवस्थापनका लागि एवं सबल मानसिक स्वास्थ्यका लागि योगको अपरिहार्य भएकाले उक्त शिविर संचालन गर्न लागिएको आयोजकले आईतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ।
Read More
रत्ननगर १६ र ज्वालामुखी गाउँपालिका बीच अन्तरक्रिया

रत्ननगर १६ र ज्वालामुखी गाउँपालिका बीच अन्तरक्रिया

२४ चैत, धादिङ । रत्ननगर नगरपालिका वडा नं १६ का जनप्रतिनिधी, स्थानिय र धादिङको ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानिय बीच अन्तरक्रिया गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १६ लाई पूर्ण वातावरण मैत्री वडा घोषणा गर्ने अभियानको लागि सो अन्तरक्रियाको आयोजना गरिएको हो । कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल, वडा नं. ६ का वडा अध्यक्ष किशोर सेढाई, रत्ननगर वडा नं १६ का वडाध्यक्ष हेमराज थापा लगायतको उपस्थिति थियो। कार्यकम ज्वालामुखी सामुदायिक होमस्टेमा आयोजना गरिएको थियो। ज्वालामुखी वडा न. ६ लाई १५ वटा सुचक र ४५ वटा उपसुचकहरु पूरा भएपछि गत कार्तिकमा गाउँपालिकाकै पहिलो नमूना सफा र स्वच्छ वडा घोषणा…
Read More
जुत्ता मेलालाई उपभोक्ताको साथ, आज एक दिनमै ८ हजार ८ सयले गरे अवलोकन

जुत्ता मेलालाई उपभोक्ताको साथ, आज एक दिनमै ८ हजार ८ सयले गरे अवलोकन

भरतपुर – भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला २०८१/८२ लाई आज एकै दिनमा ८ हजार ८ सय उपभोक्ताले अवलोकन गरेका छन् । यस अघिको मेलामा आएर खरिद गरेको जुत्ता चप्पल हाल सम्म पनि प्रयोगमा आएको र मेलामा उपलव्ध जुत्ता चप्पल तथा छालाजन्य सामग्रीले आफुहरुलाई सन्तुष्ठ बनाएको उपभोक्ताहरु ले प्रतिक्रिया दिएका छन् । मेलामा आफु पहिले पनि आएको र यहाको जुत्ता चप्पलले आफु सन्तुष्ठ भएको कारण फेरी पनि आएको खैरहनी पर्सा निवासी भवानी लोहनी बताउछिन । भरतपुर ३ बेलचोकबाट आएका उपभोक्ता मधुसुदन श्रेष्ठ मेलामा उपलव्ध भएका जुत्ताले आफ्नो मन जितेका…
Read More
चितवन सेवा समाज नेपालको भित्तेपात्रो विमोचन

चितवन सेवा समाज नेपालको भित्तेपात्रो विमोचन

चितवन सेवा समाज नेपालले २२ गते शुक्रवार आफ्नै कार्यालयमा चैते दशै नयॅा वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको सभापतित्व प्रमुख‌ अतिथि संस्थाका सद्भावना दुत सोम‌ नाथ सापकोटा तथा भित्तेपात्रों छपाइका संयोजक इश्वरराज अधिकारी संस्थाका दि.उपाध्यक्षको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा मिडिया कोडिनडोर रवी भट्ट ,वरिष्ठ उपाध्यक्ष लाल भट्ट ,सचिव शकुन्तला न्यौपाने ,महिला उपाध्यक्ष प्रभा पौडेल, वरीष्ठ रक्तदाता विदुर के.सी,चितवन समाज युएई का पूर्व उपाध्यक्ष जगत क्षेत्री,रत्ननगर संयोजक रामु पौडेल, महानगर संयोजक जयन्ती अधिकारी, चितवन सेवा समाज साईप्रसका अध्यक्ष लक्ष्मी , चितवन सेवा समाज कतारका पूर्व अध्यक्ष भुमी राज रेग्मी,लगाएतका विशिष्ट व्यक्तिहरु तथा संस्थाका…
Read More
चितवनबाट शनिबारदेखि रास्वपाको ‘जनयात्रा’

चितवनबाट शनिबारदेखि रास्वपाको ‘जनयात्रा’

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत २३ गते शनिबारदेखि चितवनबाट ‘जनयात्रा’ सुरु गर्ने भएको छ। पार्टीले यो अभियानलाई ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रूपमा अघि सारेको जनाएको छ। रास्वपाले ‘जनयात्रा’ को शुभारम्भ चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरबाट सुरु गर्ने जनाएको छ। शनिबार दिउँसो २ बजेबाट सुरु हुने यात्राको सभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन्। लामिछाने ६ महिनापछि सोमबार पार्टी सभापतिको जिम्मेवारीमा फर्किएर सक्रिय भएका छन्। उनीमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा छ। रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले फेसबुकमार्फतयो अभियान भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उद्देश्यले हुन लागेको बताएका छन्। उनले यसलाई…
Read More
रत्ननगर अस्पतालमा फोहोरमैला व्यवस्थापन भवन उद्घाटन

रत्ननगर अस्पतालमा फोहोरमैला व्यवस्थापन भवन उद्घाटन

रत्ननगर, चैत २१ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा शान्ती मेड नेपालले निर्माण गरेको फोहोरमैला व्यवस्थापन भवन उद्घाटन गरिएको छ । बिहीबार शान्ती मेड नेपालका संस्थापक रुथ गन्सेथले अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई भवनको चावी हस्तान्तरण गर्दै भवनको उद्घाटन गरिएको हो । ६० लाखको लागतमा निर्माण गरिएको ४ कोठा सहितको एक तले भवनमा २ वटा लौण्ड्री मेसिन,अटो क्लेव मेसिन,फोहोर व्यवस्थापनका लागि बाकस, पोशाक परिवर्तन गर्ने कक्ष रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन ज्ञवालीले जानकारी दिए । अस्पतालबाट उत्पादित फोहोरको उचित व्यवस्थापन गर्दै बातावरण मैत्री अस्पतालको निर्माण गर्ने लक्ष्य सहित शान्ती मेड नेपालको सहयोगमा भवन निर्माण गरिएको अस्पतालका अध्यक्ष कर्माचार्यले बताए । रत्ननगर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.