रत्ननगर । चितवनको सौराहामा रत्नबिज समिट (शिखर सम्मेलन) आयोजना हुने भएको छ । रत्ननगर जेसीजको आयोजनामा यही बैशाख १२ र १३ सौराहामा रत्नबिज समिटकाे दाेस्राे संस्करण हुने भएकाे हाे । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी युवाहरुलाई व्यवसायमा आकर्षित गर्नका लागि उत्प्रेरणात्मक सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको छ ।

सम्मेलनमा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्व अर्थ सचिव मधुकुमार मरासिनी लगायतका उद्यमीहरुले उत्प्रेरणात्मक सेसन संचालन गर्ने जेसिआइ रत्ननगरका अध्यक्ष बाबुराम परियारले जानकारी दिए । उनका अनुसार नेपालको व्यापार परिदृश्य र अवसरका बिषयमा उद्योग बाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले आफ्नो प्रस्तुती र प्रशिक्षण दिनुहुनेछ । त्यस्तै पूर्व अर्थ सचिव मरासिनीले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा जानकारी दिनुका साथै सम्भावनाका बिषयमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नुहुनेछ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाका उपव्यवस्थापक प्रकृति बस्याल, प्रशिक्षक क्षीतिज जंग थापा, उद्योग संघका पुर्व अध्यक्ष राजु पौडेल र नेपाल केरा उत्पादक महासंघका अध्यक्ष बिष्णुहरी पन्तले आफ्नो प्रेरणात्मक प्रस्तुती प्रस्तुत गर्नुहुने रत्ननगर जेसीजका महासचिव तथा कार्यक्रम संयोजक सौरभ रिजालले जानकारी दिए । उनले वर्तमान समयमा युवा व्यवसायीमा भइरहेको निराशालाई हटाउँदै उद्यमी बन्न चाहानेहरुका लागि नयाँ अवसर सृजना गर्नका लागि कार्यक्रम महत्वपूर्ण हुने बताए । रत्ननगर जेसीजका पूर्व अध्यक्ष सुवास पोखरेलले कार्यक्रमले उद्योग व्यवसायमा लाग्न चाहानेलाई प्रेरणा र उर्जा प्रदान गर्ने बताए । सम्मेलनमा चितवन, नवलपुर, मकवानपुर, कास्की लगायतका जिल्लाका उद्योगी व्यवसायीको सहभागिता रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार