रत्ननगर । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पताललाई सोमबार २० लाख मुल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरिएको छ । भरतपुर ७ स्थित लायन्स क्लव अफ कृष्णपुरले विरामीको शल्यक्रियामा प्रयोग हुने नौ प्रकारका उपकरण अस्पताललाई हस्तान्तरण गरेको हो ।

लायन्स क्लव अगुवा सुरेशचन्द्र आचार्यको पहलमा सो क्लवले अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको हो । अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रममा क्लव अध्यक्ष समिर मरहठ्ठाले अस्पताल विकास समितिका अध्यक्ष गोपालराज कर्मचार्यलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेका थिए । रत्ननगरका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा अस्पतालका मेसु डा.मदन ज्ञावलीले अस्पतालप्रति बढ्दै गएको जनविश्वास गुम्न नदिन उपचार पद्दतीलाई थप प्रभावकारी बनाउदै लगेको बताए । दैनिक ८०० बढी विरामीको उपचार गर्दै आएको सो अस्पताल विमाका विरामीको उपचार गरेबापत सरकारबाट आउने रकमबाट सञ्चालन गर्नुपरेको छ ।

कार्यक्रममा मेयर सापकोटाले रत्ननगर अस्पतालको सेवालाई प्रभावकारी बनाउन थप विशेषज्ञ डाक्टरको दरबन्दी , उपकरण, उपचार पद्दतीलाई सहज बनाउन स्थानीय सरकार लागि परेको बताए । क्लवका अध्यक्ष मरहठ्ठाले क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दैै बार्षिक कार्यक्रम अन्तर्गत अस्पताललाई उपकरण सहयोग गरेको बताए । स्थापनाको छोटो समयमै स्वास्थ्य उपचारका स्तरीय सेवा प्रदान गर्दै आएको रत्ननगर अस्पतालमा उपकरण आवश्यक रहेको जानकारी पाएपछि सहयोग गरिएको उनको भनाई छ । उपकरण हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष कर्मचार्य लायन्स क्लवका निर्वतमान डिष्ट्रिक गर्भरन सिद्धार्थलाल चुके, डिष्ट्रिक गर्भरन इलेक्ट दिनानाथ न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार