काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ ।
२ हजार २ सय ९१ नमुनामध्ये ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १ सय ५ र १ हजार ३ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १ सय ७१ जनामा संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

