वुद्धज्योती ईग्लीस स्कुलद्धारा शैक्षिक सामाग्री वितरण

चितवन २८ बैशाख । चितवनको विकट पहाडी क्षेत्र कालिका नगरपालिका ९ कोलारमा रहेको महाकाली आधारभुत विधालयलाई रत्ननगर ४ मा रहेको वुद्धज्योती ईग्लीस स्कुलले शैक्षिक सामाग्री सहयोग गरेको छ ।

चितवनको विकट पहाडी क्षेत्रमा अवस्थित यस विधालयमा सिमान्तकृत समुदाय चेपाङ्ग समुदायको वाहुलियता रहेको छ ।
यस विधालयमा हाल कक्षा ४ सम्मको पढाई हुने गरेको छ । कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष जय वहादुर प्रजा प्रमुख अतिथि रहनु भएको थियो । प्रजाले विधालयमा आएर सहयोग गरेकोमा वुद्धज्योति ईग्लीस स्कुल परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वुद्धज्योती ईग्लीस स्कुलका विधार्थी अभिभावक संघका अध्यक्ष वासु सापकोटा , लायन्स कल्व अफ चितवन राईनो सिटिका अध्यक्ष ओमलाल सापकोटा , महाकाली आधारभुत विधालयलाकी प्रध्यानध्यापक शान्ती थापा मगर लगायतले मन्तव्य राखनु भएको थियो ।

कार्यक्रममा वुद्धज्योति ईग्लीस स्कुलका प्राचार्य बैकुन्ठ मरहठ्ठाले विधालयको केहि र विधाथी जन्म उत्सव कोषवाट संकलित रकमले विपन्न विधार्थीलाई सहयोग गर्न पाएको र अवसर उपलव्ध गराएको भन्दै महाकाली आधारभुत विधालयला परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । मरहठ्ठाले शैक्षिक सामाग्री मात्रै नभएर अन्य शैक्षिक सिकाई स्तरकोलागि आवश्यक पर्ने सामान समेत गहयोग गर्ने र अन्य सहयोगको लागि पनि विधालयले जानकारी गराएमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

महाकाली आधारभुत विधालय कोलारमा कक्षा १ देखि ४ सम्म अध्यनरत ५० जना विधार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको थियो ।शैक्षिक सामाग्री वितरण कार्यक्रममा वुद्धज्योति ईग्लीस स्कुलका शिक्षक पशुराम मरहठ्ठाले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रचार्य बैकुन्ठ मरहठ्ठाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.