रत्ननगर, २९ चैत्र । चितवनको खैरहनी १२ र १३ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले चालू आर्थिक वर्षको ६ महिनामा पर्यटक सेवा करबाट २ करोड ११ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । वनले गत आर्थिक वर्षमा १ करोड ६८ लाख ९४ हजार ७ सय ४४ रुपैयाँ आम्दानी गरेको थियो ।
पछिल्लो पटक चितवनको सौराहा आउने पर्यटकको आकर्षक गन्तव्य कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह पर्ने गरेको छ ।
वन परिसरमा आज आयोजित १२ औँ बार्षिक साधारण सभामा चालू आर्थिक वर्षको ६ महिनामै गत वर्षको भन्दा दोब्बर पर्यटकले वन क्षेत्र भ्रमण गरेको तथ्याङ्क शार्बजनिक गरेको छ ।
चालू आर्थिक वर्षको पुसमसान्तसम्म जिप सफारीबाट कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले १ करोड ४० लाख १७ हजार ३ सय ५० रुपैयाँ संकलन भएको वनले वताएको छ । गत आर्थिक वषमा वनले १ करोड ३२ लाख ३३ हजार ८ सय ५० रुपैयाँ मात्र संकलन गरेको थियो ।


१२ औँ बार्षिक साधारण सभामा प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज , छिमेकि वन , वुढी राप्ती उपभोक्ता समिति, वडा अध्यक्ष, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
साधारण सभा कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हीरा वहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर