नवलपुर : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जिप सफारीमा प्रयोग हुने सवारीमा अनिवार्य रूपमा जीपीएस प्रविधि जडान गर्नुपर्ने भएको छ । निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिने क्रममा यस्तो प्रावधान राखेको हो ।

सफारीमा प्रयोग हुने सबै सवारीमा भेहिकल टय्राकिङ एन्ड मोनिटरिङ सिस्टम जडान गर्न अनिवार्य गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाथ थापाले बताए । ‘यसले सवारीको निगरानी र कुन सवारी कहाा छ भन्ने विषयमा प्रत्यक्ष अवलोकन र निगरानी गर्न सहज हुने छ,’ उनले भने ।

यसैबीच आर्थिक वर्ष २०८२/८३ का लागि पूर्वी नवलपरासी खण्डबाट मध्यवर्ती र निकुञ्जमा सफारीका लागि निकुञ्ज प्रशासन र नवलपुर पर्यटन समितिबीच सहमति भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० बमोजिम सफारीका लागि ७ वटा सवारीलाई अनुमति प्रदान गरिएको छ । सहमतिअनुसार होल डे र अफ डे गरेर दुई प्रकारका सफारी सञ्चालन गर्न पाउने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर