रत्ननगरमा उद्यमशिलता विकासबारे तीज गीत प्रतियोगिता
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा विहीबार महिला उद्यमशिलता मार्फत आर्थिक विकास विषयक तीज उत्सव प्रतियोगिता गरिएको छ । उद्यमशिल महिला समुह रत्ननगर वडा नं ४ वडा समितिले आयोजना गरेको उक्त प्रतियोगितामा सहभागी महिलाहरुले आत्मनिर्भर बन्न उद्यमशिलता आवश्यक रहेको भन्दै स्थानीय सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका थिए । स्थानीय सरकारको सहयोगले उद्यमशिलता विकासमा टेवा पुग्ने भन्दै महिलाहरुले महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरण र अनुदान उपलब्ध गराउन आग्रह गरेका थिए । ६ वटा समुह सहभागी उक्त प्रतियोगितामा सितल टोल विकास संस्था प्रथम, भेटघाट टोल विकास संस्था द्धितीय, समानता आमा समुह तृतीय र नबरत्न टोल विकास संस्था सान्त्वना भएका थिए । प्रथम हुने…