बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफलको दोस्रो दिन (भिडियो लाइभ)

बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफलको दोस्रो दिन (भिडियो लाइभ)

बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफलको दोस्रो दिन (भिडियो लाइभ)
Read More
समाजवादी पार्टी र  राजपाबीच एकीकरणका लागि छलफल

समाजवादी पार्टी र राजपाबीच एकीकरणका लागि छलफल

काठमाडौ ३० बैशाख । नव गठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । लामो समय रोकिएको छलफल फेरि सुरु भएको नेताहरुले बताएका छन । पहिलो चरणमा अनौपचारीक छलफल सुरु भएको र लगत्तै औपचारीक वार्ताबाट निस्कर्षमा पुग्ने समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेपछि वार्ता समिति गठन गरेर छलफल शुरु भएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । राजपा नेपालका नेताहरूसँग अनौपचारिक कुराकानी शुरु भएको र सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले राजपा नेपाल पनि…
Read More
मिडिया काउन्सिल विधेयक संसोधन नहुने सञ्चारमन्त्री बास्कोटाको अडान

मिडिया काउन्सिल विधेयक संसोधन नहुने सञ्चारमन्त्री बास्कोटाको अडान

काठमाडौ ३० बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसोधन नहुने बताउनु भएको छ । नयाँ केही सकारात्मक कुरा आए संसोधन गर्न सकिने तर अहिलेका विषय आबश्यक ऐन राखेको तर्क गर्नुभयो । विधेयकको विरोध भएपनि समग्र मिडिया क्षेत्रको हितका लागि मिडिया काउन्सिल ऐन बनाउन लागिएकाले विधेयक संसोधन नहुने बास्कोटाले बताउनुभयो । उहाँले मिडिलाई ब्यवस्थित बनाउन, नागरिकलाई मिडियाक्षेत्रबाट हुने क्षतिको ग्यारेन्टी गर्न र पत्रकारलाई पेशागत सुरक्षाका लागि विधेयक ल्याएको दावी गर्नुभयो । तर नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, अकोराब लगायतका सरोकारवाला निकायले विधेयकको विरोध गर्दै पुनः सच्याएर मस्यौदा गर्नुपर्ने माग गर्दै आएका छन् ।
Read More
पूर्वबजेट संसदमा आज पनि छलफल हुने

पूर्वबजेट संसदमा आज पनि छलफल हुने

काठमाडौ ३० बैशाख । पूर्वबजेटका विषयमा संसदमा छलफल जारी रहेको छ । सांसद्हरुले रणनीतिक पूर्वाधारका योजनासँगै रोजगारी र उत्पादन वृद्धिमा बजेट केन्द्रित गर्न सुझाव दिएका छन । हिजोबाट सुरु भएको छलफल आज पनि जारी रहनेछ । हिजो पूर्व अर्थमन्त्रीहरूसहित सांसदले सुझाव दिएका थिए । सांसदहरुले तीनै तहबीच समन्वय हुनेगरि कार्यान्वयन खालको बजेट ल्याउन सुझाव दिएका छन् । पहुँचवालाको क्षेत्रमा मात्रै बजेट जाने कुरालाई सांसदहरुले सचेत गराएका छन् । संसदमा धारणा राख्ने अधिकांश सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र र जिल्लालाई प्राथामिकतामा राखेर बजेट ल्याउन सरकारसँग माग गरेका छन् । सत्ता पक्षका सांसदहरूले सरकारको बचाउ गर्दै आफ्नो क्षेत्रमा बजेट माग गरीरहेका छन् ।…
Read More
वुद्धज्योती ईग्लीस स्कुलद्धारा शैक्षिक सामाग्री वितरण

वुद्धज्योती ईग्लीस स्कुलद्धारा शैक्षिक सामाग्री वितरण

चितवन २८ बैशाख । चितवनको विकट पहाडी क्षेत्र कालिका नगरपालिका ९ कोलारमा रहेको महाकाली आधारभुत विधालयलाई रत्ननगर ४ मा रहेको वुद्धज्योती ईग्लीस स्कुलले शैक्षिक सामाग्री सहयोग गरेको छ । चितवनको विकट पहाडी क्षेत्रमा अवस्थित यस विधालयमा सिमान्तकृत समुदाय चेपाङ्ग समुदायको वाहुलियता रहेको छ । यस विधालयमा हाल कक्षा ४ सम्मको पढाई हुने गरेको छ । कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष जय वहादुर प्रजा प्रमुख अतिथि रहनु भएको थियो । प्रजाले विधालयमा आएर सहयोग गरेकोमा वुद्धज्योति ईग्लीस स्कुल परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वुद्धज्योती ईग्लीस स्कुलका विधार्थी अभिभावक संघका अध्यक्ष वासु सापकोटा , लायन्स कल्व अफ चितवन राईनो…
Read More
संघीय संसद्का दुवै सदनमा आजदेखि पूर्वबजेटबारे छलफल सुरु हुँदै

संघीय संसद्का दुवै सदनमा आजदेखि पूर्वबजेटबारे छलफल सुरु हुँदै

काठमाडौं २७ बैशाख । संघीय संसदका दुवै सदनमा आजदेखि पूर्वबजेट छलफल सुरु हुँदै छ। दुवै सदनमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल प्रारम्भ हुनेछ। पूर्व बजेटमा कर प्रस्ताव बाहेकमा छलफल हुनेछ। पूर्व बजेट छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। यसपटक पूर्व बजेट छलफल अघि नै सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ। गत २० गते राष्ट्रिपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा…
Read More
रुकुममा प्रहरीद्वारा हवाई फायर, विप्लव कार्यकर्ता पक्राउ

रुकुममा प्रहरीद्वारा हवाई फायर, विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं २७ बैशाख । रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष प्रकाउ गरेको छ। रुकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। शर्मालाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी घाइते भएको खड्काको भनाइ छ। चन्दा आतंक मच्चाइरहेको र विकास निर्माणका काममा अवरोध गर्ने गरेकोले शर्मालाई पक्राउ गरिएको खड्काले जानकारी दिए।
Read More
स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन

स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन

काठमाडौ २७ बैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रीस्तरको बैठकले कानूनअनुसार स्थानीय तहले स्थायी कर्मचारी भर्ना गर्न नपाउने भएकाले स्थायी पदपूर्ति नगर्न निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले जानकारी गराउनुभयो । कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाइ भएकाले केही स्थानीय तहले विज्ञापन गरी भर्ना प्रक्रिया अगाडि बढाएकाले मन्त्रालले रोक्न निर्देशन दिएको हो । स्थानीय तहबाट रिक्त पदका लागि स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउने व्यवस्था प्रचलित कानूनमा नभएकाले स्थानीय तहले स्थायी पदपूर्तिका लागि सूचनारविज्ञापन गरेको भए सो समेत बदर गर्ने…
Read More
कतारको जेलमा थुनिएका बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान

कतारको जेलमा थुनिएका बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान

जिबन रानाभाट बैशाख २६ चितवन,कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान गरिएको छ ।बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिनुभएको छ । रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले सवैले सहयोग गरिदिन आज भरतपुरको चौबिसकोठीमा पत्रकार सम्मेलन गरि परिवारले आग्रह गरेको छ । यसअघि रानाभाटको उद्धारका लागी बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरिसकिएको छ । त्यसैगरि सहयोग गर्न चाहने ईच्छुकले कृषि विकास बैंक लि. माडीमा रहेको विनोद रानाभाट रिहाई तथा उद्धार समितीको खाता नं.…
Read More
रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

ध्रुवराज खनाल वैशाख २६ चितवन । चितवनको रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवारदेखी सुरु भएको छ । रत्ननगर नगरपालिकाले स्थानीय सरकार गठन पछि पहिलो पटक तीन दिने प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सांसद कृष्ण प्रसाद खनालले खेल वहुआयामिक रहेको औल्याए । खेलकुदले अनुशासनमा वस्न सिकाउनुका साथै शत्रुतालाई मित्रतामा वदल्ने,वौद्धिक मानसिक विकासमा टेवा पुर्याउने वताए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विकास निर्माणसंगै नगरपालिकाले शिक्षा,स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा लगानी गरिरहेको वताए । रत्ननगरलाई खेलको नगरको रुपमा विकास गर्ने योजना रहेको मेयर वनले जानकारी दिए । मेयर वनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपमेयर विमला दुवाडी,रत्ननगर २ का…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.