सिकाइको स्तर अध्ययन गरेर शिक्षण गरौँ : मेयर चौधरी
ध्रुवराज खनाल वैशाख २६ चितवन । शैक्षिक गुणस्तर वृद्धीका लागि विद्यालयको तल्लो तहलाई वलियो वनाउनु पर्ने सरोकारवालाहरुले वताए । खैरहनी नगरपालिकाले बुधवार आयोजना गरेको शैक्षिक गुणस्तर सुधार सम्वन्धी अर्न्तक्रिया कार्यक्रममा उनीहरुले आधारभूत तहलाई वलियो वनाउनु पर्नेमा जोड दिएका हुन् । खैरहनीका मेयर लालमणी चौधरीले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धीका लागि प्रधानाध्यापक,व्यवस्थापन समिति,अभिभावक जिम्मेवार वन्नु पर्ने वताए । पराम्परागत रुपमा शिक्षण गराएर शैक्षिक वृद्धी हुन सक्दैन मेयर चौधरीले भने – आधुनिकतालाई प्राथमिकता दिएर मिहनेत गर्न सके सामुदायिक विद्यालयले फड्को मार्छ । सामुदायिक विद्यालयहरुले सिकाईको स्तर अध्ययन गर्ने चलन नरहेको औल्याउँदै मेयर चौधरीले स्तर कम भएका विद्यार्थीलाई माथी उठाउने गरी शिक्षण गराउनु पर्ने…