नग्न भएर सुत्नुका फाइदाहरु

नग्न भएर सुत्नुका फाइदाहरु

दिनभर काम गरिसकेपछि आराम गर्नु हाम्रो स्वास्थ्य र शरिर दुवैका लागि सबै महत्वपुर्ण कुरा हो । मानिसलाई स्वस्थ र शरिरलाई इस्फुर्त राख्नको लागि निन्द्रा लाग्नु आबश्यक रहन्छ ।कतिपय मानिसहरुको कपडा लगाएर सुत्ने बानी हुन्छ । कपाडा लगाएर भन्दा कपडा नलगाएर सुत्नुका धेरै फाइदा छन् । जुन केही फाइदा निम्न तल रहेका छन् । १. नग्न सुत्दा रक्तसञ्चार सन्तुलनमा रहन्छ । जसले गर्दा तनाव कम हुनुका साथै स्वस्थ्यमा पनि धेरै फाइदा पुर्याउछँ । २. कपडा खोलेर सुत्दा विभिन्न छालासम्बन्धी समस्याबाट छुटकारा पाउनुका साथै मिठो निन्द्रा पर्छ जसले गर्दा तपाइको स्वास्थ्यलाई पनि राम्रो गर्छ । नग्न हुँदा शरीरले अक्सिजन राम्ररी पाउँछ ।…
Read More
बलात्कारको आरोपमा वडासदस्य श्रेष्ठ पक्राउ

बलात्कारको आरोपमा वडासदस्य श्रेष्ठ पक्राउ

ओखलढुंगा ३१ वैशाख । बलात्कारको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडासदस्य विष्णु श्रेष्ठ पक्राउ परेका छन्। लामो समय देखी फरारको सूचिमा रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सोममबार ओखलढुङ्गाबाट पक्राउ गरेको हो। लिखु गाउँपालिका–३ बाट निर्वाचित वडा सदस्य श्रेष्ठविरुद्ध बलात्कारको आरोप लागेको थियो। स्थानीय एक युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उनीविरुद्ध उजुरी दर्ता भएको थियो। निर्वाचित वडा सदस्य श्रेष्ठ आफैले सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै चैत ७ गते बलात्कार गरेको उजुरी चैत ९ गते परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी…
Read More
चिया उद्योगी र मजदुरबीच ३ बुँदे सहमति, ४५ दिन लामो आन्दोलन फिर्ता

चिया उद्योगी र मजदुरबीच ३ बुँदे सहमति, ४५ दिन लामो आन्दोलन फिर्ता

भद्रपुर ३१ वैशाख । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरको विभिन्न सङ्घ सङ्गठनका वार्ताकारबीच तीन बुँदे सहमति भएको हो । वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनियन महासङ्घ १ नं प्रदेशका उपाध्यक्ष सन्तकुमार राईका अनुसार सहमतिको पहिलो बुँदामा नेपाल सरकारले २०७५ साउन ३१ गते राजपत्रमा प्रकाशित गरी चिया बगान तथा कारखानामा काम गर्ने…
Read More
लोभलाग्दो गरी बढ्यो बाघको संख्या

लोभलाग्दो गरी बढ्यो बाघको संख्या

बर्दिया ३१ बैशाख । बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँदै गुलरियाबाट ठाकुरद्वाराको प्रमुख पर्यटकीयस्थल पुग्ने मार्ग पर्यटकको आवश्यकताविपरीत थिए । सफा सुन्दर र रमणीयता मन पराउने पर्यटक नेपालकै चर्चित र विदेशमा समेत ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्ज पुग्नुअघि नै निराश महसुस गर्थे । बर्दियामा लोपोन्मुख पाटेबाघको वृद्धि भएपछि दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउनेको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन् ।…
Read More
उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सम्मानित

उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सम्मानित

चितवन ३० बैशाख । नेपाल शिक्षक संघको ३०औ स्थापना दिवसको अवरमा आयोजित एक कार्यक्रमा पुर्वी चितवनको उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा रत्ननगर ६ वछौलिमा रहेको वछौलि माध्यमिक विधालयका व्यवस्थापन समिति अध्यक्षमा राममणि खनाललाई सम्मान गरेको छ । खलाललाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति जितनारायण श्रेष्ठले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
Read More
अन्तर्वार्तालाई लिएर उत्तेजित नहुन कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन

अन्तर्वार्तालाई लिएर उत्तेजित नहुन कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन

काठमाण्डौ ३० बैशाख । समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानित हुने ढंगले एक टेलिभिजनमा प्रश्न सोधिएको पार्टीले जनाएको छ । आइतबार राति एक राष्ट्रिय टेलिभिजनबाट राति ९ बजे प्रसारण हुने लाइभ अन्तर्वार्ताका पत्रकारले आचारसंहिताविपरीत प्रश्न सोधेको र अभद्र व्यवहार गरेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्दै आएको बताउँदै आइतबार राति एक राष्ट्रिय टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एवं कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ । साथै,…
Read More
खैरहनीमा उपभोक्ता भेला प्रचार कार्यक्रम

खैरहनीमा उपभोक्ता भेला प्रचार कार्यक्रम

ध्रुवराज खनाल चितवन  ३० बैशाख   । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले जिल्लाको खैरहनी नगरपालिकामा खाद्य स्वच्छता सम्वन्धी उपभोक्ता भेला प्रचार कार्यक्रम गरेको छ । खैरहनी नगरपालिका र चितवन उद्योग संघ खैरहनी इकाई समितिको सहआयोजनामा सोमबार कार्यक्रम गरिएको हो । उपभोक्ताहरुलाई स्वच्छ खाद्य पदार्थ पुर्याउने उद्देश्यले डिभिजन कार्यालय चितवनले जिल्लाका स्थानीय तहहरुमा कार्यक्रम गर्दै आएको छ । त्यसै अन्र्तगत खैरहनीका उपभोक्ता, उद्योगी, व्यवसायी, नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई लक्षित गरि कार्यक्रम गरिएको थियो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत विक्की राउत र खाद्य निरीक्षक प्रदिप काफ्लेले खाद्य स्वच्छताका बारे सहजीकरण गरेका थिए…
Read More
अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितन बैशाख ३० । कुखुराको अन्डाको मूल्य बढेको छ । नेपाल अण्डा उत्पादक संघको आइतबार बसेको बैठकले अण्डाको मूल्य बढाएको हो । अण्डाको मूल्य प्रति क्रेट ५० रुपैयाँ बढाइएको नेपाल कुखुरा व्यवसायी मन्चका कार्यकारी अधिकृत शिव बरालले जानकारी दिए । यो भन्दा पहिले किसान मूल्य प्रतिक्रेट दुई सय रुपैयाँ रहेकोमा दाना तथा लागत मूल्य र बजार मागलाई मध्यनजर गर्दै संघले प्रति क्रेट ५० रुपैयाँ बढाएको बरालले बताए । अण्डाको मूल्य बढेसँगै किसानलाई राहत मिल्ने भएको छ । लागत मूल्य अनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए ।
Read More
 मानव बेचविखन तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग  सचेतनात्मक कार्यक्रम सम्पन्न 

 मानव बेचविखन तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग  सचेतनात्मक कार्यक्रम सम्पन्न 

विकाश पौडेल खैरहनी ३० बैशाख । खैरहनी–१३ हर्नहरीमा रहेको रत्नमान टेकबहादुर दिव्यज्योति सामुदायिक पुस्तकालयले ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।सोमवार पुस्तकालयले मानव बेचविखन ओसार–पसार तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । रत्नमान टेकबहादुर दिव्यज्योति सामुदायिक पुस्तकालयको सभाहलमा सोमवार आयोजित कार्यक्रममा मानव बेचविखन ओसार–पसार तथा आधुनिक दासत्व विरुद्ध समाजका गतिविधि गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिले मानव बेचविखन ओसार–पसारका वारेमा सजग रहन गनु पर्र्ने गतिविधिका वारेमा वताएका थिए । कार्यक्रममा पौरखी नेपालका कार्यक्रम संयोजक गोविन्द न्यौपानेले वैदेशिक रोजगारका कारण पछिल्लो टिक मानव बेचविखनको घटना वद्धि भएको वताउनु भएको थियो । मानव वेचविखन भन्दा…
Read More
प्रदेश ३ को वर्षे अधिवेशन आजदेखि सुरु हुँदै, नेपाली कांग्रेसले संसद अवरुद्ध गने सक्ने

प्रदेश ३ को वर्षे अधिवेशन आजदेखि सुरु हुँदै, नेपाली कांग्रेसले संसद अवरुद्ध गने सक्ने

हेटौडा ३० बैशाख । प्रदेश नम्बर–३ को प्रदेश सभाको वर्षे अधिवेशन सोमबारबाट सुरु हुँदै छ । आजवाट सुरु हुने अधिवेशन प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्नसक्ने आंकलन गर्दै प्रदेशसभा सचिवालयले मर्यादापालक थप गरेको छ । प्रदेश राजधानी र नामाकरणको विषयलाई जतिसक्दो छिटो टुंगो लगाउनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो । आजकोे प्रदेश सभा बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयले प्रवेश नपाउने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । एक हप्तापछी मात्र राजधानीको विषयलाई प्रवेश गराउन सकिने उहाँले बताउनुभयो । यसअघि पनि हिउँदे अधिवेशनमा राजधानीको विषय टुग्याउने भनिए पनि बैठकमा त्यो विषयले प्रवेश नपाएपछी कांग्रेस सांसदहरु रुष्ट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.