रत्ननगर । खेलकुद विकास समिति रत्ननगर १२ रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा पेन्गुईन एजुकेशन भरतपुर २४ लाई १–० गोल अन्तरले पराजित गरी खेलकुद विकास समिति रत्ननगर १२ फाइनलमा प्रवेश गरेको हो । रत्ननगर १२ लाई जिताउन आशा गुरुङले एक गोल गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका उनी म्यानअफ दी म्याच घोषित भएका थिए । गुरुङलाई मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे,विकु साकोसका जयमंगला सेवा केन्द्रका प्रमुख घनक बहादुर थापा, योगदान राष्ट्रका लागि जिल्ला अध्यक्ष एकराज डल्लाकोटी र रत्नप्रिय क्लवका अध्यक्ष बसन्त रानाले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सो प्रतियोगिताको फाइनल खेल बुधबार हुँदैछ । उपाधिका लागि प्याराडाइज युवा क्लव र खेलकुद विकास समिति बीच प्रतिस्पर्धा हने छ । प्रत्यक दिनको म्यान अफ दी म्याच सफा उर्जा उत्पादन प्रा.लि.ले प्रायोजन गर्दै आएको छ । चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने खेल संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार