रत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल

रत्ननगर,माघ १४
पुर्वि चितवनको रत्ननगरमा कनेक्सन मोबाइल संचालनमा आएको छ । रत्ननगरको सौराहा चोकैमा विहिबारबाट मोबाइल पसल संचालनमा ल्याइएको हो ।  मोबाइल मर्मतलाई मुख्य लक्ष्य राखेर कनेक्सन मोबाइल संचालनमा ल्याइएको संचालक लक्ष्मण सापकोटाले जानकारी दिए । उनले पछिल्लो समय मोबाइल मर्मतको लागि उचित विकल्प नभएर ग्राहकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै  कनेक्सन मोबाइलमा उच्च प्रविधिबाट मोबाइल मर्मत सेवा उपलब्ध हुने बताए ।

मोबाइलको हार्डवेयर र सफ्टवेयरको विषयमा अध्ययन गरेका अर्का संचालक युवराज सापकोटाले मोबाइल सम्वन्धि सामान्य देखी जटिल समस्याको समाधान कनेक्सन मोबाइलमा  हुने बताए  । उनले पसलको शुभारम्भको अवसरमा एक हप्तासम्म मोबाईल एसोसरिज तथा मर्मतमा ग्राहकहरुका लागि विशेष छुट प्रदान गरिने जानकारी दिए ।

मोबाइल मर्मत बाहेक पसलमा सवै कम्पनीको नयाँ मोबाईल,मोबाइल एसोसरिज,स्पिकर,घडी लगाएको सामाग्री खरिद गर्न सकिनेछ ।

By चित्रवन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.