काठमाडौं : विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार २१६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १० हजार २१६ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३५ लाख २ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २८ करोड ५९ लाख ३८ हजार ११६ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, २८ करोड ६७ लाख ३० हजार २८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५६ लाख ४४ हजार ७३३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर