चितवनमा आईतबारदेखी भेरोसेल खोपको दोश्रो डोज लगाईदै

चितवन,साउन २२
भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका नागरिकलाई आइतबारदेखी दोस्रो मात्रा खोप लगाउन सुरु गरिने भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार साउन १ गतेदेखी ४ गतेसम्म पहिलो मात्रा लिएका नागरिकका लागि साउन २४ गतेदेखी २६ गतेसम्म खोप सेवा संचालन हुनेछ । सेवाग्राहीको संख्या हेरेर एक दिन थप वा घट गरेर खोप सेवा ब्यवस्थापन हुने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै,साउन ११ गतेदेखी १४ गतेसम्ममा खोपको पहिलो मात्रा लगाएका नागरिकका लागि भने भदौ १ गतेदेखी ३ गतेसम्म दोस्रो मात्रा लगाइने र सेवाग्राहीको संख्या हेरेर एक दिन थप वा घट हुनेछ । जिल्लाको सातै स्थानिय तहमा रहेका वडा स्तरका स्वास्थ्य संस्था,खोप केन्द्र मार्फत खोप लगाउन सकिने छ ।

By चित्रवन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.