रत्ननगर,साउन ७
पूर्वी चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई प्रेस ज्याकेट सहयोग गरिएको छ । ग्लोबल गोरखा समाज,सामुदायिक सेवा प्रतिष्ठान नेपाल र महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालले संयुक्त रुपमा पत्रकारहरुका लागी ३७ हजार ५०० रुपैयाँ बराबरको प्रेस ज्याकेट सहयोग गरेको हो ।

सामग्री प्राप्त गरिसकेपछि पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले सहयोगी संस्थालाई धन्यवाद दिदै पछिल्लो समय पत्रकारहरुलाई प्रेस ज्याकेट अत्यावश्यक भएकोले ज्याकेटले रिपोटीङको लागि थप टेवा पुग्ने विश्वास ब्यक्त गरे । सहयोग सामग्री हस्तान्तरण गर्दै महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालकी अध्यक्ष संगीता भट्टराईले पत्रकारको साथमा हामी पनि रहेका छौ भन्दै सहयोग गरेको वताईन ।

कार्यक्रममा सामुदायिक सेवा प्रतिष्ठान नेपालका अध्यक्ष नसिव कृष्ण वस्नेत, सचिव प्रेम भट्ट, देव अस्पताल भरतपुरकी मंजु सिंखडा र पुर्वि चितवनका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार