चितवनमा पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

चितवन,जेठ २१
चितवनमा पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा २ जना,भरतपुर अस्पतालमा ३ जना ,कलेज अफ मेडिकल साइन्सेसमा ३ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना गरि ९ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार २ सय २३ जना कोरोना संक्रमित भएकोमा १० हजार ५ सय ८८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ३ हजार ४ सय १० जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २२५ रहेको छ ।

By चित्रवन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.