तस्बिर-सौराहा अनलाइन
३१ श्रावण २०७६, चितवन
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीको पक्राउमा परेका संचारकर्मी रबि लामिछानेलाई अनुसन्धानको लागि पांच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश गरेको छ । जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको इजलासले आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीलाई पाँच दिन म्याद दिएको हो । पत्रकार पुडासैनीले आत्महत्या अगाडी बनाएको भिडियोको आधारमा प्रहरीले बिहिबार ३ जना लाइ नै पक्राउ गरेर आवस्यक अनुसन्धान सुरु गरेको हो ।
रबि लामिछाने पक्राउ परे लगत्तै आम सर्बसाधारणले जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला अदालत चितवनमा घेराउ तथा प्रदर्शन गरेका छन् , प्रदर्शनमा रबि लामिछानेको पक्ष बाट नाराबाजी गरिएको थियो उग्र प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले आज बिहान ११ बजे चौबिसकोठी भरतपुर बाट नियन्त्रणमा लिएको छ । नुवाकोट घर भै पछिल्लो समय माउन्टेन टेलिभिजनमा काम गर्ने मृतक शालिकराम पुडासैनीले आफुलाई फसाउन लागिएको भन्ने भिडियो रेकर्ड गराएका उनको शब चितवन स्थित पोखरा बसपार्कको होटल कंगारुमा फेला परेको थियो ।

