सामाजिक जनचेतनात्मक टेलिचलचित्र “बाल विवाह” को ट्रेलर सार्बजनिक गरिएको छ ।  ह्याप्पी मिडिया नेटवर्कको ब्यानरमा तयार भएको चलचित्रको कथा लेखन तथा निर्देशन दिबस परियार दले को रहेको छ । कलिलो उमेरमा उचित निर्णय लिन नसक्दा युवतीले पाउने दुख कष्टमा चलचित्र केन्द्रित रहेको छ ।

चलचित्रलाई इमान बस्नेतले खिचेका हुन् भने सम्पादन रामु आचार्यले गरेका छन् । चलचित्रमा एलिना बर्देवा प्रमुख भूमिकामा देखिएकी छिन साथमा शिंह लामा ,प्रमोद ढकाल, निरज काफ्ले, अमृता क्षेत्री, ज्योति लामा लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ चलचित्र आगामी भाद्र १ गते यु-ट्युबमा तथा स्थानिय टेलिभिजनमा सार्बजनिक गरिने छ साथमा बाल देशका विभिन्न क्षेत्रमा च्यारिटि शो गरिने निर्माण युनिटले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर