समाज

टिकौली मध्यवर्ती सामुदायिक वनको नवौं वार्षिक साधारण सभा, अध्यक्षले प्रस्तुत गरे महत्वाकांछी योजना

टिकौली मध्यवर्ती सामुदायिक वनको नवौं वार्षिक साधारण सभा, अध्यक्षले प्रस्तुत गरे महत्वाकांछी योजना

४ चैत, रत्ननगर । रामु आचार्य । चितवनको रत्ननगर–९ स्थित टिकौली ईको पार्कमा टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वन समूहका अध्यक्ष बुद्धिसेन चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख रविन चौधरी विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष माधव प्रसाद अर्याल, निवर्तमान अध्यक्ष इश्वरी प्रसाद लामिछाने, पूर्व अध्यक्षहरू बन्धुराम महतो र बुद्धिमान वि.क., संस्थापक सचिव मणि प्रकाश खतिवडा, सल्लाहकार लेखनाथ आचार्य, विज्ञ सल्लाहकार ध्रुव अधिकारी, अनुगमन संयोजक दशरथ महतो लगायत वडाका विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको…
Read More
खोटाङमा हेलिकप्टर दुर्घटना, १ जना घाइते

खोटाङमा हेलिकप्टर दुर्घटना, १ जना घाइते

काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा काठमाडौंबाट गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो । काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा  ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकप्टर पुर्णरूपमा क्षतिग्रस्त भएको छ भने  एक जना यात्रु सामान्य घाइते भएकोमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।  । घाइते काजीबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइसकिएको छ ।
Read More
सकियो रत्ननगर महोत्सव, २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

सकियो रत्ननगर महोत्सव, २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव ४ लाख ५० हजारले अबलोकन गरेको र २६ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद घिमिरेले जानकारी दिए । यस पटकको महोत्सवमा रामजानकी मन्दिरको मुल गेट निर्माण गरिएको थियो । महोत्सव अबलोकन गर्न आएका अधिकाँसले रामजानकी गेटमा फोटो र भिडियो खिचेका छन् । महोत्सव अन्तर्गत गरिएको मह उत्सब उत्पादन र बजारीकरणको हिसाबले कोसेढुंगा सावित भएको छ । जिल्ला समन्वय समितिका प्रमुख…
Read More
रत्ननगर महोत्सव आज बन्यो भजनमय, भोलि रचना रिमाल आउने

रत्ननगर महोत्सव आज बन्यो भजनमय, भोलि रचना रिमाल आउने

२६ पौष, रत्ननगर । हिजोबाट रत्नगर स्थित टिकौली चौरमा सुरु भएको १३ औं संस्करणको रत्ननगर महोत्सव आज भजनमय बनेको छ भने लोकप्रिय राष्ट्रिय कलाकारहरु नबिन पौडेल, कुशल बेलबासे तथा शान्तारानी परियारले दर्शकको उल्लेख्य साथ पाएका थिए । महोत्सवमा आज सम्पन्न भजन प्रतियोगितामा रत्ननगर ९ को धौलागिरी भजन समुहले प्रथम स्थान हासिल गरेको छ भने, कालिका भजन समूह, कालिका-२ दोस्रो, शिवशक्ति भजन समूह खैरहनी तेश्रो तथा सरस्वती भजन समूह रत्ननगर-१५ ले सान्त्वना स्थान हासिल गरेको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवन शाखाको समन्वयमा सम्पन्न भजन प्रतियोगितामा लोक तथा दोहोरी गायक नबिन पौडेल, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान…
Read More
२७ वर्षको यात्रा : दशैँ मेलादेखि १३ औं रत्ननगर महोत्सवसम्म, तयारी अन्तिम चरणमा

२७ वर्षको यात्रा : दशैँ मेलादेखि १३ औं रत्ननगर महोत्सवसम्म, तयारी अन्तिम चरणमा

लक्ष्मण सापकोटा/रत्ननगर, पौष १९ । चितवनको रत्ननगरमा वि.सं. २०५५ मा दशैँ मेलाबाट सुरु भएर परिष्कृत हुँदै २०५६ देखि रत्ननगर महोत्सवको रूपमा निरन्तरता पाउँदै आएको छ । २७ वर्षको यात्रा पूरा गर्दै यसपटक महोत्सवको १३औँ संस्करण आयोजना हुन लागेको छ । पछिल्ला केही संस्करणहरू हरेक दुई वर्षमा हुँदै आए पनि यसको लोकप्रियता घटेको छैन। आगामी पुस २५ गतेदेखि माघ ६ गतेसम्म रत्ननगर नगरपालिका–टिकौली चौरमा आयोजना हुने यस महोत्सवको संरक्षक रत्ननगर नगरपालिका रहेको छ भने आयोजक रत्ननगर उद्योग वाणिज्य सङ्घ हो। मुख्य प्रायोजक होटल सेभेन स्टार सौराहा रहेको छ। महोत्सव नजिकिँदै गर्दा ८५ प्रतिशत तयारी पूरा भएको सङ्घले जनाएको छ। यसपटक महोत्सवमा…
Read More
चितवनमा चिसो बढ्यो, जनजीवन प्रभावित

चितवनमा चिसो बढ्यो, जनजीवन प्रभावित

१४ पौष, रत्ननगर । यस वर्ष पुस महिनाको सुरुवातदेखि चिसोको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। विगत एक हप्ता यता चिसो हावा, घना हुस्सु र कुहिरोको प्रभावले चितवन सहित आसपास क्षेत्रका मानिसहरूलाई सामान्य जनजीवनमा कठिनाइ भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण तापक्रम घटिरहेको र बिहान–बिहान हुस्सु र कुहिरो रहनसक्ने वातावरण बनेको छ, जसले दैनिक गतिविधिमा असर पार्दै आएको बताइएको छ। चिसो बढेको कारणले अनेक समस्या उब्जिएको छ — • बिहानको समयमा सडकयात्रामा असुविधा भएको छ। • बालबालिका र वृद्धवृद्धा झन् बढी प्रभावित भएका छन्, कतिपयले विद्यालय जाने वा घरबाहिर निस्कन गाह्रो भएको बताएका छन्।…
Read More
पौष २५ गतेदेखि टिकौली चौरमा १३औँ रत्ननगर महोत्सव हुँदै

पौष २५ गतेदेखि टिकौली चौरमा १३औँ रत्ननगर महोत्सव हुँदै

रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी । सिर्जनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा महोत्सव हुन लागेको हो । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा हुने यो महोत्सवले कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो…
Read More
न्यू क्यापिटल कलेजमा नेक्सस १.०, विद्यार्थीमा क्षमता विस्तार

न्यू क्यापिटल कलेजमा नेक्सस १.०, विद्यार्थीमा क्षमता विस्तार

२ पौष, रत्ननगर । रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजले ३ दिने नेक्सस १.० कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला भरिका सम्पूर्ण विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरुलाई सहभागी गराईएको उक्त कार्यक्रम अन्तर्गत रोबो रेस, रोबो व्याटल, जिल्ला स्तरिय साईन्स एक्जिभिसन कम्पिटिसन, ह्याकासन, फुड फेस्टिबल लगायत विद्यार्थीलाई व्यवशाय कसरी सुरुवात गर्ने, लगानीको पाटो र नाफाको पाटो सम्बन्धी जानकारी व्यवहारीक रुपमा प्रदान गरिएको थियो । कलेजले यो बर्षको सुरुवात देखि नै रजत बर्ष विशेष वार्षिक कार्यक्रम तय गरेको थियो । सोहि अनुरुप नेक्सस १.० कार्यक्रम आयोजना गरिएको संयोजक तारा ढुंगानाले जानकारी दिए । कार्यक्रममा उत्कृष्ठहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमाण-पत्र, ट्रफी तथा नगद…
Read More
उदय मानन्धरको “उदाश” सार्वजनिक

उदय मानन्धरको “उदाश” सार्वजनिक

२६ मंसिर, रत्ननगर । चितवनमा रहेर विगत ३ दशक देखि सांगीतिक क्षेत्रमा योगदान प्रदान गरिरहेका गायक तथा संगीतकार उदय मानन्धरको नया सांगीतिक कोशेली "उदाश" सार्वजनिक गरिएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युव च्यानलमा सार्वजनिक गरिएको उक्त भिडियोमा रामु आचार्य, प्रिया अधिकारी, टिकाराम शर्मा लामिछाने, रबि रोशी, कृष्ण प्रसाद देवकोटाको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारको रुपमा पुजन लामिछाने, दिपक कार्की तथा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बरालले अभिनय गरेका छन् । अभिभावक अभिभावक बिचको द्वन्दका कारण माया गर्ने जोडीले पाएको पिडा तथा दु:खलाई मार्मिक ढंगबाट गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतलाई रामु आचार्य र सुन्दरलाल श्रेष्ठले संयुक्त…
Read More
खैरहनीका रामेश्वरको दुवै मृगौला फेल, आर्थिक सहयोगका लागि अपिल

खैरहनीका रामेश्वरको दुवै मृगौला फेल, आर्थिक सहयोगका लागि अपिल

२० कार्तिक, खैरहनी – खैरहनी नगरपालिका वडा नं. ४, मेलमिलाप टोल, चैनपुर बस्ने ४१ वर्षीय रामेश्वर परियार विगत पाँच वर्षदेखि दुवै मृगौलाको समस्या भएपछि उपचाररत छन्। आफूसँग भएको पैसाले दुई वर्ष डाइलासिस गर्न सकेपनि त्यसपछि निरन्तर तीन वर्ष हप्तामा तीन पटक सरसापटमा डाइलासिस गर्नुपरेको उनी बताउँछन्। रामेश्वरसँग दुई सानै छोराछोरी छन् , छोरी कक्षा १ र एक छोरा कक्षा ४ मा अध्ययनरत भएकोले परिवारको भविष्यसँगै आफ्नो जीवन बचाउन उनले आर्थिक सहयोगको अपिल गरेका छन्। पाँच वर्षदेखि मृगौला पिडित भएर उपचार गरिरहे पनि स्थानीय निकायले बेवास्ता गरेको, कागजपत्रका लागि नगरपालिकाको कार्यालय गएका बेला स्थानिय प्रमुखसँग माग राख्दा सरकार प्रमुखले बेवास्ता गरेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.