रत्ननगरको गायत्री हरिहर मन्दिरमा ज्ञान महायज्ञ हुने
रत्ननगर,पौष २ । पूर्वी चितवनको रत्ननगरमा रहेको गायत्री हरिहर मन्दिरमा साङ्ग श्रीमद्भागवत महापुराण एवं धन धान्यान्चल ज्ञान महायज्ञ हुने भएको छ । रत्ननगर वडा नम्बर १ निपनीमा रहेको मन्दिरमा यही पौष ४ गतेदेखि ११ गतेसम्म महायज्ञ हुने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । मन्दिर परिसरमा संचालित गुरूकुलम र निर्माणाधीन धर्मशाला निर्माण सम्पन्न गर्न ज्ञानमहायज्ञ आयोजना गरिएको धन धान्यान्चल ज्ञान महायज्ञ संयोजक राधिका मिश्रले बताइन् । पत्रकार सम्मेलनमा निर्माणाधिन धर्मशाला संयोजक शंकर गिरीले धर्मशाला निर्माण सम्पन्न गर्नको लागि सवैको साथ आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गरे । पत्रकार सम्मेलनमा बोल्दै मन्दिरका कार्यवाहक अध्यक्ष निलकण्ठ पौडेलले हाल मन्दिर…