रत्ननगर, मंसिर ३० । रत्ननगरकाे टिकाैली चाैरमा जारी दाेस्राे रत्न प्रिय कप फुटबल अन्तर्गत शनिवार भएकाे खेलमा पेन्गुईन भरतपुर- २४ विजयी भएकाे छ । पेनाल्टी सुटआउटमा गैडाकाेट फुटबल क्लब ३-१ गाेलले हराउदै पेन्गुईन भरतपुर- २४ विजयी भएकाे हाे । दुबै तर्फबाट २-२ गाेलकाे बराबरीमा खेल सक्किएपछि पेनाल्टी सुटआउटमा परिणत भएकाे थियाे ।
आइतवारकाे खेलमा हार बेहाेरे संगै गैडाकाेट फुटबल क्लब प्रतियाेगिताबाट बाहिरिएकाे छ भने पेन्गुईन भरतपुर- २४ सेमिफाईनलमा प्रवेश गरेकाे क्लवका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए । प्रतियोगितामा पेन्गुईन भरतपुर- २४ का गाेलरक्षक अनिश देवकाेटा म्यान अफ दी म्याच घोषित भए । उनले रू १ हजार प्राप्त गरे ।
प्रत्यक दिनकाे म्यान अफ दी म्याचलाई सफा उर्जाले पुरस्कार वितरण गर्दै आईरहेकाेछ । उनलाई सफा उर्जा उत्पादन प्रा.लिका निर्देशक निर्णय पाैडेल, आभास टेलिभिजनका प्रवन्ध निर्देशक काेमल चन्द्र भगत र सफा उर्जाका सामुदायिक सम्पर्क निर्देशक रवि राेषिले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेकाे प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए । भोली (साेमवार) प्याडाईज युथ क्लव सिसुवार र हेटाैँडा फुटबल एकाडेमी बीच खेल हुने आयोजकले जनाएको छ ।

