दाेस्राे रत्न प्रिय कप : खेलकुद विकास समिति रत्ननगर- १२ सेमिफाईनलमा प्रवेश

रत्ननगर, मंसिर २८ । रत्ननगरकाे टिकाैली चाैरमा जारी दाेस्राे रत्न प्रिय कप फुटबल अन्तर्गत बिहीवार भएकाे खेलमा खेलकुद विकास समिति रत्ननगर-१२ विजयी भएकाे छ । अभिषेक चर्ज रजहर लाई १- ० गोल अन्तरले पराजित गर्दै खेलकुद विकास समिति विजयी भएको क्लवका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए ।

बिहीवारकाे खेलमा हार बेहाेरे संगै अभिषेक चर्ज रजहर प्रतियाेगिताबाट बाहिरिएकाे छ भने खेलकुद विकास समिति सेमिफाईनलमा प्रवेश गरेकाेछ । खेलकुद विकास समितिका तर्फबाट जमिर मियाले जितको लागि निर्णायक एक गोल गरेका थिए । प्रतियोगितामा मिया नै म्यान अफ दी म्याच घोषित भए । उनले रू १ हजार प्राप्त गरे । उनलाई बेस्ट डेस्टिनेसन एजुकेशनल कन्सलटेन्सिका एमडी संजय कुवर, टाँडी शाखाका ब्रान्च म्यानेजर राम महताे, वडा नं का वडा अध्यक्ष अनन्त अधिकारीले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेकाे प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए । भोली (शुक्रवार) भण्डारा एपिएफ र प्याडाईज युथ क्लव सिसुवार बीच खेल हुने आयोजकले जनाएको छ ।

By चित्रवन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.