चित्रवन अनलाईन

2895 Posts
विपन्न विद्यार्थीलाई न्यानो कपडा, नि:शुल्क काटियो कपाल

विपन्न विद्यार्थीलाई न्यानो कपडा, नि:शुल्क काटियो कपाल

६ पौष, तनहुँ । रोट्र्याक्ट क्लव अफ नारायणी मिड टाउन र लक्ष्मी माध्यमिक विद्यालय लंकुका एस.एल.सी. ब्याच २०६४ का विद्यार्थिहरुले आज देवघाट स्थित कालिका माध्यमिक विद्यालय र श्री बज्र योगिनी माध्यमिक विद्यालयमा अध्ययनरत १ सय १० विपन्न विद्यार्थीहरुका लागी न्यानो कपडा वितरण गरेको छन् । लक्ष्मी माध्यमिक विद्यालय वर्ष २०६४ ब्याच का भूतपुर्व विद्याथी स्व.मनोज काफ्लेको स्मृतिमा देश तथा विदेशमा रहनुभएका पुर्व विद्यार्थीहरुले संकलन गरेको रकमबाट हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको पुर्व विद्यार्थी विनोद श्रेष्ठले जानकारी गराउनु भयो । न्यानो कपडा हस्तान्तरण संगै उक्त समुहले श्री बज्र योगिनी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई रोट्र्याक्ट क्लव अफ नारायणी मिड टाउन…
Read More
आधारभूत विद्यालय खरखुट्टेका विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण

आधारभूत विद्यालय खरखुट्टेका विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण

६ पौष, खैरहनी । आधारभूत विद्यालय खैरहनी ११ खरखुट्टेका ९३ जना विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । शिक्षाप्रेमी एवं समाजसेवी थानाप्रसाद ढकालले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । जाडोको मौसममा विपन्न विद्यार्थीहरुको समस्या देखेपछि आफुले सो सहायो गरेको स्थानिय समेत रहेका ढकालले जानकारी दिए । कार्यक्रममा वडा सदस्य, पुर्व वडाध्यक्ष, शिक्षक, अभिभावक तथा विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयको त्रैमासिक नतिजा प्रकासनको अवसरमा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । विपन्नताको रेखामुनि जीवन गुजार्नुपरेको वाध्यताका विच आफुहरुले आफ्नो बाबुनानीहरुको लागी कपडा खरिद गर्न अफ्ठ्यारो परेको बेला ढकालको सहयोगले आफुहरु निकै खुसि भएको प्रतिक्रिया अभिभावकहरुले दिएका थिए । विद्यालयका प्रधानाध्यापक…
Read More
रोटरी क्लव अफ रत्ननगरमा ड्रिस्टिक गभर्नरको आधिकारिक भ्रमण सम्पन्न

रोटरी क्लव अफ रत्ननगरमा ड्रिस्टिक गभर्नरको आधिकारिक भ्रमण सम्पन्न

रत्ननगर । रोटरी क्लव अफ रत्ननगरको चौथो एसेम्ली तथा ११२७ नियमित वैठक क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । होटल स्टार चितवनमा आयोजित उक्त कार्यक्रममा ड्रिस्टिक ३२९२ का ड्रिस्टिक गभर्नर राजेन्द्र प्रसाद धोजु, जोन ३६ का सहायक गभर्नर दिनुप बराल, जोन ३७ का सहायक गभर्नर सुरेन्द्रनाथ रेग्मी, ड्रिस्टिक सचिव दिनेश मानन्धरको उपस्थिति रहेको थियो । सोहि समारोह अन्तर्गत दुई नया सदस्यहरुलाई पिन लगाईएको छ । माधव खतिवडा र डा. खेम आचार्य नया सदस्यका रुपमा प्रवेस गर्नुभएको हो । कार्यक्रमको पुर्व सन्ध्यामा ड्रिस्टिक गभर्नर राजेन्द्र प्रसाद धोजुले रोटरी क्लवद्वारा निर्माण गरिएको रोटरी प्रतीक्षालय, रोटरी लाईब्रेरी, टिकौलीमा रहेको निशुल्क सार्वजनिक…
Read More
सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत

काठमाडौं : सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ।सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको हो।निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्नेसरकारका प्रवक्ता रेखा शर्माले बताइन्। बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका दलित बाहेक अल्पसंख्यक जनजातिलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय पनि गरेको छ । राष्ट्रियसभामा अल्पसंख्यकबाट पनि प्रतिनिधि चयन हुने व्यवस्था छ ।अल्पसंख्यक कुन कुन जातिलाई मान्ने भन्ने विषयमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ ले व्यवस्था गरेको छ ।
Read More
२५ औं पोखरा सडक महोत्सव यहि पौष १२  देखि १६ गते सम्म हुने

२५ औं पोखरा सडक महोत्सव यहि पौष १२ देखि १६ गते सम्म हुने

५ पौष, रत्ननगर । पर्यटकिय सुन्दर नगरी पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा मनाउने कार्यक्रमको संयोजक विश्वराज पौडेलले जानकारी दिएका छन् । अग्रेजी नयाँ बर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले आगामी पौष १२ खि १६ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुँदैछ । 'सडक मै खाउ,…
Read More
दोस्रो रत्न प्रिय कप : प्याराडाइज युवा क्लव सिसुवारले जित्यो उपाधी

दोस्रो रत्न प्रिय कप : प्याराडाइज युवा क्लव सिसुवारले जित्यो उपाधी

रत्ननगर, पुस ४ । दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनल खेलमा प्याराडाइज युवा क्लव सिसुवार विजयी भएको छ । खेलकुद विकास समिति रत्ननगर- १२ लाई १ का विरुद्ध २ गोल प्रहार गर्दै प्याराडाइजले उपाधि चुमेको हो । प्याराडाइजलाई उपाधि जिताउन विकी चाम्लिङ राई र रोशन क्षेत्रीले एक एक गोल गरेका थिए । खेलकुद विकास समिति रत्ननगर १२ का तर्फबाट अनिस महर्जनले सान्तवना स्वरुप एक गोल गरेका थिए । प्रतियोगिताको उपाधि विजेता प्याराडाईज युवा क्लवलाई १ लाख ५५ हजार ५५५ रुपैया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता खेलकुद विकास समिति रत्ननगर १२ लाई ७७ हजार ७७७ रूपैया नगद…
Read More
श्रीराम मन्दिरमा धनधाञ्यान्चल ज्ञानमहायज्ञ हुने

श्रीराम मन्दिरमा धनधाञ्यान्चल ज्ञानमहायज्ञ हुने

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १३ जयमंगलमा रहेको श्रीराम मन्दिर तथा बैदिक प्रज्ञा प्रतिष्ठानमा १७औं धनधाञ्यान्चल तथा बार्षिक मुठीदान संकलन महोत्सव तथा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । श्रीराम बैदिक संस्कृतिक गुरुकुलम सञ्चालन र मन्दिरको जीर्णद्धार मर्मतको लागि आर्थिक संकलन गर्ने उद्देश्यले यही पुस ८ गतेदेखि ज्ञान महायज्ञ आयोजना गरिएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको तयारी र उद्देश्यका बारेमा जानकारी दिएको हो । श्रीराम मन्दिर तथा श्रीराम बैदिक संस्कृतिक गुरुकुलमलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र गुरुकुलमलाई विद्यापीठको रुपमा स्तरोन्नति गर्न महायज्ञ आयोजना गरिएको श्रीराम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज दुवाडीले जानकारी…
Read More
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल

चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल

चितवनः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ । भरतपुरमा आज आयोजित चेपाङ समुदायको उत्थानका लागि चिउरी तथा चमेरो संरक्षण कार्यक्रमको मस्यौदा कार्यविधिबारे छलफलमा उहाँले चेपाङ समुदायको उत्थानका लागि नीति तथा कार्यक्रममार्फत नै योजना समावेश गरेर कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो । चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको समेत संरक्षण गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकारले ल्याएको यो कार्यक्रम नमूना कार्यक्रम भएकाले सबै पालिकासँग समन्वय गरेर काम गरिने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । राज्यले सबै जातजाति, कला र संस्कृतिको संरक्षण गर्ने भनेको छ…
Read More
खैरहनीमा क्यु आरबाट कर तिर्ने व्यवस्थाको सुरुवात

खैरहनीमा क्यु आरबाट कर तिर्ने व्यवस्थाको सुरुवात

खैरहनी नगरपालिका चितवनले ‘क्यूआर कोड (स्क्यान) गरी नगरपालिकामा तिर्नु पर्ने कर तिर्न सकिने व्यवस्था बुधबारदेखि लागू गरेको छ । अब खैरहनी नगरबासीले नगरपालिकालाई बुझाउनु पर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरिवान तत्काल क्युआर कोड मार्फत तिर्न सक्नेछन् । डाईनामिक क्यूआर कोडको व्यवस्था लागू भएसँगै नगरपालिकामा राजस्व तिर्ने सेवाग्राहीले डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेर तुरुन्तै कर तिरेको रसिद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाले बताएका छन् । सेवाग्राहीको सहजताको लागि कर तिर्न विद्युतीय भुक्तानी सेवाको विस्तार गर्ने चालु आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रम…
Read More
रत्ननगर उबासंघमा कुसन बनाउने तालिम सुरु

रत्ननगर उबासंघमा कुसन बनाउने तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा महिलाहरुको आयआर्जनको लागि कुसन बनाउने तालिम मंगलबारबाट सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघले सीप मुलक तालिम मार्फत जीविकोपार्जनको आधार तयार गर्न तालिमको आयोजना गरेको हो । संघका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेको सो तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ । सीप मुलक तालिम मार्फत गरिवी निवारण गर्न तालिम आयोजना गरिएको संघका अध्यक्ष गिरीले बताए । पछिल्लो समय डल कुसनको बजारमा माग बढी रहेका कारण सम्भावनाको खेजि गरी आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई तालिममा सहभागि गराइएको उनको भनाई छ । सात दिन सम्म चल्ने तालिममा कमला लेडिन एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक कमला श्रेष्ठले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.