दोस्रो रत्न प्रिय कप : प्याराडाइज युवा क्लव सिसुवारले जित्यो उपाधी

रत्ननगर, पुस ४ । दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनल खेलमा प्याराडाइज युवा क्लव सिसुवार विजयी भएको छ । खेलकुद विकास समिति रत्ननगर- १२ लाई १ का विरुद्ध २ गोल प्रहार गर्दै प्याराडाइजले उपाधि चुमेको हो । प्याराडाइजलाई उपाधि जिताउन विकी चाम्लिङ राई र रोशन क्षेत्रीले एक एक गोल गरेका थिए । खेलकुद विकास समिति रत्ननगर १२ का तर्फबाट अनिस महर्जनले सान्तवना स्वरुप एक गोल गरेका थिए । प्रतियोगिताको उपाधि विजेता प्याराडाईज युवा क्लवलाई १ लाख ५५ हजार ५५५ रुपैया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता खेलकुद विकास समिति रत्ननगर १२ लाई ७७ हजार ७७७ रूपैया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवका अध्यक्ष बसन्त रानाले जानकारी दिए ।

फाइलन खेलमा प्याराडाइजका विकी चाम्लिङ राई म्यान अफ दी म्याच, रत्नप्रिय क्लवका खेलाडी समीर मोक्तान उदयमान खेलाडी, उत्कृष्ट गोल रक्षक प्याराडाइजका सरोज तामाङ, सबै भन्दा बढि गोल गर्ने प्याराडाइजकै सन्तबहादुर गुरुङ, र रत्ननगर १२ का सजिन थापामगर सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका मेयर प्रलाद सापकोटाले रत्ननगर नगरपालिकाले खेलकुदको विकासको लागि योजना निर्माणमा उच्च प्राथमिकता दिएको बताए ।

नगर भित्रका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम बनाउन रहेक खेललाई प्राथमिकता दिएर गतिविधि सञ्चालन भइरहेको मेयर सापकोटाको भनाई छ । कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, जिल्ला समन्वय समितिकी सदस्य सविता चौधरी, चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्की, खेल संयोजक विवेक अम्गाई लगायतले मन्तव्य राखेका थिए ।

रत्नप्रिय क्लवले आयोजना गरेको सो प्रतियोगितामा चितवन,नबलपरासी र मकवानपुरका १० वटा टिमले भाग लिएका थिए । क्लवका सचिव विजय लामाले सञ्चालन गरेको समापन कार्यक्रममा उपाध्यक्ष रामु पौडेलले स्वागत मन्तब्य राखेका थिए । सो प्रतियोगितामा हरेक दिनको क्यान अफ दी म्याचको पुरस्कार राशी सफा उर्जा उत्पादन प्रा.लि.ले प्रायोजन गरेको थियो ।

By चित्रवन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.