विपद् व्यवस्थापन सम्बन्धी तालिम

रत्ननगर १६ बैशाख । रत्ननगर नगरपालिका वडा नं ८ का अगुवाहरुलाई विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम दिइएको छ । वडा स्तरीय बजेटबाट विपद् व्यवस्थापन तालिम उपभोक्ता समितिले आयोजना गरेको सो तालिममा ३० जनाको सहभागिता रहेको थियो । नगर स्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष बलराम दाहाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनमा विपद् व्यवस्थापन समितिका संयोजक महेश्वर थपलिया र शान्ति पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष विनोद बस्नेत,रत्ननगर रेडक्रसका सभापति गोविन्द श्रेष्ठ,सचिव रामचन्द्र पौडेल,वडा सदस्यहरु गोकर्ण कुमारी महतो,भोला महतो,नेत्रलाल गिरी,कुमारी विश्वकर्मा,सचिव सुर्यप्रसाद ढुंगाना,निमावि चित्रसारीका प्रधानाध्यापक सुर्यप्रसाद लामिछाने,चित्रसेन मध्यवर्ती सामुदायिक वनकी सचिव रिता थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम तालिम उपभोक्ता समितिका संयोजक गंगाराम चौधरीको अध्यक्षतामा भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.