हरेक शनिवार चरा अवलोकन गराउँदै वर्ड एजुकेशन सोसाईटी
रत्ननगर, जेठ १० । वर्ड एजुकेशन सोसाईटी चितवनले चरा मार्न हुँदैन, चरा संरक्षण गर्नुपर्छ, चराको अवस्था, प्रजाति पत्ता लगाउने उद्धेश्यले हरेक शनिवार फरक फरक स्थानमा चरा अवलोकन गराउदै आएको छ । चितवनका विभिन्न विद्यालयहरुमा पुगि सोसाईटीले चरा संरक्षण सम्बन्धी सचेतना फैलाउदै आएको हो । त्यसैलाई निरन्तरता दिदै आज (शनिवार) रत्ननगर-७ मा रहेको ग्रीन सोसाइटी पव्लिकल स्कुल र राप्ती नगरपालिकाको भण्डारामा रहेको साग्रीला ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलका विद्यार्थीहरूलाई सौराहाको डुङ्गा घाटदेखि हात्तीसारसम्म चरा अबलोकन गराएको छ । विद्यार्थीहरुलाई दुरबिनको सहायताले चरा अबलोकन गर्ने व्यवस्था सोसाईटीले मिलाएको थियो । जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि क्षेत्रको विस्तार लगायतका कारणले वर्षौंदेखि नेपाललाई घर…