पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी सम्झौता
चितवन, श्रावण २८ — भरतपुर–१० मा रहेको पुष्पाञ्जली अस्पताल प्रा.लि., बिद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. चितवनबीच आज उपचार सहुलियत सम्बन्धी सम्झौता गरिएको छ। औपचारिक कार्यक्रम आयोजना गरि भएको सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसे, बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष डोलराम न्यौपाने को उपस्थितिमा रहेको थियो । सम्झौता अनुसार, चितवन जिल्लाका बिद्युत व्यवसायी संघका पदाधिकारी, व्यवसायिक सदस्य, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले पुष्पाञ्जली अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार सेवामा २५% सम्म छुट पाउने छन्। छुट सेवा लिन आउँदा संस्थाको परिचय…