Breaking

धादिङमा नि:शुल्क आँखा परिक्षण शिविर, ९ सय ९४ ले लिए सेवा

धादिङमा नि:शुल्क आँखा परिक्षण शिविर, ९ सय ९४ ले लिए सेवा

२२ असोज, धादिङ । रत्ननगर–९ मा रहेको सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्र, आई क्याम्प फर चितवन, भरतपुर आँखा अस्पताल र गङ्गा जमुना गाउँपालिका धादिङले आज धादिङ जिल्लाको विविध स्थानमा आयोजना गरेको नि:शुल्क आँखा परिक्षण शिविरमा ९ सय ९४ जनाले सेवा लिएका छन् । गङ्गा जमुना गाउँपालिकाको ३ स्थानमा शिविर संचालन गरिएकोमा फुलखर्क स्वास्थ्य चौकीमा ४ सय २९ जना, री स्वास्थ्य चौकीमा २ सय ६५ जना र बेसरी स्वास्थ्य चौकीमा ३ सय जना गरि कुल ९ सय ९४ जनाले आँखा परिक्षण गराएको सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्रका अध्यक्ष राजबन्धु गौतमले जानकारी दिए । ९ सय ९४ जना मध्ये फुलखर्कमा ७१, रीमा…
Read More
जेनजी आन्दोलन, १५ को ज्यान गयो २ सय बढी घाईते

जेनजी आन्दोलन, १५ को ज्यान गयो २ सय बढी घाईते

काठमाडौं : जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिरहेका छन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको थियो । तर आन्दोलनकारी विरुद्ध सरकार क्रुर बन्दा र आन्दोलनकारीले घेरा तोड्दा आन्दोलन स्थल रणभूमीमा परिणत भएको छ । जेनजी आन्दोलनमा यो समाचार तयार पार्दा सम्म १५ जनाको ज्यान गएको छ भने करिब २ सय बढी घाईते भएका छन् । सिभिल अस्पतालमा २, ट्रमा सेन्टरमा ७, एभरेष्ट अस्पतालमा ३, केएमसीमा २ र त्रिवी शिक्षण अस्पतालमा १ गरि कुल १५ जनाको ज्यान गएको हो । २ सय भन्दा बढी घाईतेहरु उपचाररत…
Read More
चितवनमा पनि जेनजीको प्रदर्शन, भरतपुर तनावग्रस्त

चितवनमा पनि जेनजीको प्रदर्शन, भरतपुर तनावग्रस्त

चितवन : सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले चितवनमा पनि प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय गेट अगाडि विभिन्न ब्यानरसहित गरिएको प्रदर्शन शान्त भए पनि पछिसम्म त्यो शान्ति कायम रहिरहन सकेन । आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर भएका छन् । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनमा केही घाइते भएका छन । अहिले ठूलो संख्यामा महानगरपालिका अगाडि प्रहरी परिचालन गरिएको छ ।
Read More
आजदेखि सुरु भयो सोह्र श्राद्ध

आजदेखि सुरु भयो सोह्र श्राद्ध

काठमाडौं : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ ।आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू…
Read More
एकता शिशु निकेतनमा रक्तदान : ४४ पिन्ट रगत सङ्कलन

एकता शिशु निकेतनमा रक्तदान : ४४ पिन्ट रगत सङ्कलन

रत्ननगर, २१ भदौ । जुनियर रेडक्रस सर्कल एकता शिशु निकेतन रत्ननगर–१० ले आज रत्ननगरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ६ जना महिला सहित ४४ जनाले रक्तदान गरेका छन्। "म सेवा गर्छु" भन्ने मूल मर्मलाई आत्मसात् गर्दै यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले चितवन स्वास्थ्य नगरीको रूपमा स्थापित भएको सन्दर्भमा एकता शिशु निकेतनले हरेक वर्ष आयोजना गर्ने रक्तदान कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले थप्नुभयो, "यो विद्यालयले विद्यार्थीहरूमा मानवताको भावना जगाउनुका साथै रेडक्रसका हरेक गतिविधिमा देखाएको सक्रियता र सहयोगप्रति हामी आभारी छौँ।" कार्यक्रममा विद्यालयका प्राचार्य तथा…
Read More
अर्पण साकोसमा १४ महिलासहित १०७ जनाले गरे रक्तदान

अर्पण साकोसमा १४ महिलासहित १०७ जनाले गरे रक्तदान

रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रेडियो अर्पण १०४.५ मेगाहर्जले आयोजना गरेको कार्यक्रममा १४ महिलासहित १०७ जनाले रक्तदान गरेका छन् । रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष एवम् नगर प्रवक्ता कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यता एवम् अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहदत्त पौडेल सुरजको अध्यक्षतामा भएको कार्यक्रममा १०७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक टुकानाथ आचार्यले जानकारी दिए । कार्यक्रममा रेडियो अर्पणका उपाध्यक्ष एवम अर्पण साकोसका पूर्व अध्यक्ष यमन भुसालले रक्तदान कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमका शिशिष्टअतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले अर्पणले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै नगरपालिका…
Read More
रत्ननगर–१४ मा वातावरणमैत्री तीज गीत प्रतियोगिता, शान्तिदिप टोल प्रथम

रत्ननगर–१४ मा वातावरणमैत्री तीज गीत प्रतियोगिता, शान्तिदिप टोल प्रथम

१ भाद्र, रत्ननगर । वडास्तरीय महिला समन्वय समिति रत्ननगर–१४ ले आज आयोजना गरेको वडास्तरिय वातावरणमैत्री तीज गीत प्रतियोगितामा शान्तिदिप टोल विकास संस्थाले प्रथम स्थान हासिल गरेको छ । १७ वटा टोल सहभागी उक्त प्रतियोगितामा बुद्ध टोल विकास संस्था द्वितीय, कल्पदीप टोल विकास संस्था तृतीय त्यस्तै शिवशम्भु टोल विकास संस्थाले सान्त्वना स्थान हासिल गरेको छ । विजेताहरुलाई नगद सहित प्रमाण-पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सर्जक तथा गायक रामु आचार्य, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवनका अध्यक्ष टिकाराम शर्मा लामिछाने र गायिका सीता कंडेल निर्णायकको भूमिकामा रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नम्बर १४ का अध्यक्ष होमनाथ…
Read More
रत्ननगरमा बजाज महामेला, ८ वटा मोटरसाइकल साटासाट

रत्ननगरमा बजाज महामेला, ८ वटा मोटरसाइकल साटासाट

१ भाद्र, रत्ननगर । बजाज मोटरसाईकलका पारखीहरुको चाहनालाई मध्येनजर गर्दै रत्ननगरमा आज बाट सुरु भएको “बजाज साटासाट महामेला” मा २ सय बढी उपभोक्ताले अवलोकन गरेका छन्। महामेलाको पहिलो दिन ८ वटा मोटरसाईकल साटासाट भएको महामेलाको आयोजक संस्था आशिर्वाद अटो मोवाईल्सका संचालक सुरेश चौधरीले जानकारी दिएका छन् । ६ दिन चल्ने महामेलामा ६० बाईक साटासाट हुने अपेक्षा गरिएको छ । रत्ननगरको सौराहाचोकमा रहेको सानिमा बैंक संगै रहेको खालि जग्गामा महामेला सुरु भएको हो ।यो कार्यक्रम अन्तर्गत उपभोक्ताले आफु संग भएको जुनसुकै मोटरसाईकल, स्कुटर संग बजाज कम्पनीका नया मोटरसाईकल साट्न पाउने छन् । मेलामा उपभोक्ताको पुरानो मोटरसाईकलको न्यायोचित मुल्यांकन गर्न अनुभवी भ्यालुएटर…
Read More
रत्ननगरमा बजाज साटासाट महामेला हुँदै

रत्ननगरमा बजाज साटासाट महामेला हुँदै

३० श्रावण, रत्ननगर । बजाज मोटरसाईकलका पारखीहरुको चाहनालाई मध्येनजर गर्दै रत्ननगरमा "बजाज साटासाट महामेला" हुने भएको छ । यो कार्यक्रम अन्तर्गत उपभोक्ताले आफु संग भएको जुनसुकै मोटरसाईकल, स्कुटर संग बजाज कम्पनीका नया मोटरसाईकल साट्न पाउने भएका छन् । मेलामा उपभोक्ताको पुरानो मोटरसाईकलको न्यायोचित मुल्यांकन गर्न अनुभवी भ्यालुएटर समेत ल्याईने भएको छ । पुरानो बाईकको उचित मुल्यांकन पश्चात कम्पनीको तर्फ बाट थप १० हजार ग्राहकलाई छुट प्रदान गरिने समेत महामेलाको आयोजक संस्था आशिर्वाद अटो मोवाईल्सका संचालक सुरेश चौधरीले जानकारी दिएका छन् । रत्ननगरको सौराहाचोकमा रहेको सानिमा बैंक संगै रहेको खालि जग्गामा महामेला आयोजना हुनेछ । महामेला अन्तर्गत उपभोक्ताहरुले आगामी आर्थिक बर्षको…
Read More
रत्ननगरमा उद्यमशिलता विकासबारे तीज गीत प्रतियोगिता

रत्ननगरमा उद्यमशिलता विकासबारे तीज गीत प्रतियोगिता

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा विहीबार महिला उद्यमशिलता मार्फत आर्थिक विकास विषयक तीज उत्सव प्रतियोगिता गरिएको छ । उद्यमशिल महिला समुह रत्ननगर वडा नं ४ वडा समितिले आयोजना गरेको उक्त प्रतियोगितामा सहभागी महिलाहरुले आत्मनिर्भर बन्न उद्यमशिलता आवश्यक रहेको भन्दै स्थानीय सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका थिए । स्थानीय सरकारको सहयोगले उद्यमशिलता विकासमा टेवा पुग्ने भन्दै महिलाहरुले महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरण र अनुदान उपलब्ध गराउन आग्रह गरेका थिए । ६ वटा समुह सहभागी उक्त प्रतियोगितामा सितल टोल विकास संस्था प्रथम, भेटघाट टोल विकास संस्था द्धितीय, समानता आमा समुह तृतीय र नबरत्न टोल विकास संस्था सान्त्वना भएका थिए । प्रथम हुने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.