Breaking

चितवनको सौराहामा ३५ फिट अग्लो राष्ट्रिय झण्डा

चितवनको सौराहामा ३५ फिट अग्लो राष्ट्रिय झण्डा

रत्ननगर,असोज २२चितवनको पर्यटकीय नगरी सौराहामा ३५ फिट उचाईको अग्लो राष्ट्रिय झण्डा राखिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ ले सौराहामा पर्यटक आर्कषित गर्न निकुञ्जको प्रवेशद्धार नजिक राष्ट्रिय झण्डा राखेको हो।शुक्रवार मेयर नारायण वनले झण्डाउत्तोलन गर्दै कोरोनापछि गतिलिन थालेको सौराहामा नेपालकै अग्लो राष्ट्रिय झण्डाले पर्यटक आर्कषित गर्ने बताए । हामीले निकुञ्ज प्रवेशद्धारलाई आर्कषक बनाएका छौं उनले भने पर्यटक रमाउने ठाउँमा राष्ट्रिय झण्डा फर्फराउदा नेपालको सान झल्कने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सौराहामा राखिएको अग्लो राष्ट्रिय झण्डाले पर्यटक माझमा एकताको सन्देश प्रबाह गर्ने बताए । वडाध्यक्ष बलराम दाहालले ३५ फिट उचाई भएको राष्ट्रिय झण्डा सम्भवत नेपालमै पहिलो भएको…
Read More
चेपाङ विद्यार्थीहरुलाई सहयोग गर्दै रत्ननगरमा खुल्यो साथीमार्ट

चेपाङ विद्यार्थीहरुलाई सहयोग गर्दै रत्ननगरमा खुल्यो साथीमार्ट

रत्ननगर । रत्ननगरको बकुलहरमा करिब डेढ करोडको लगानीमा साथी मार्ट सुपरमार्केट आज देखि संचालनमा आएको छ । सुपरमार्केट उद्घाटनको अबसरमा गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाको लागि आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ । केन्द्रमा आश्रित वालावलिकालाई १० हजार नगद सहित १० बोरा चामल,१० प्याकेट आटा,१० लिटर तेल,१० किलो दाल सहयोग गरिएको सञ्चालक रामदेबी श्रेष्ठले जानकारी दिइन । गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरेकोमा केन्द्रका अध्यक्ष केपिकिरण शर्माले खुसि व्यक्त गर्दै आजको यो सहयोगले १३ / १४ वर्ष पहिले पसल पसलमा बोरा बोकेर सहयोग मागेको दिनको स्मरण भएको बताउदै आजको दिनमा कोहि चेपाङ डक्टर, कोहि इन्जिनियर लगाएतका विशिष्टता हासिल गर्न…
Read More
चितवनमा आईतबारदेखी भेरोसेल खोपको दोश्रो डोज लगाईदै

चितवनमा आईतबारदेखी भेरोसेल खोपको दोश्रो डोज लगाईदै

चितवन,साउन २२भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका नागरिकलाई आइतबारदेखी दोस्रो मात्रा खोप लगाउन सुरु गरिने भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार साउन १ गतेदेखी ४ गतेसम्म पहिलो मात्रा लिएका नागरिकका लागि साउन २४ गतेदेखी २६ गतेसम्म खोप सेवा संचालन हुनेछ । सेवाग्राहीको संख्या हेरेर एक दिन थप वा घट गरेर खोप सेवा ब्यवस्थापन हुने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । त्यस्तै,साउन ११ गतेदेखी १४ गतेसम्ममा खोपको पहिलो मात्रा लगाएका नागरिकका लागि भने भदौ १ गतेदेखी ३ गतेसम्म दोस्रो मात्रा लगाइने र सेवाग्राहीको संख्या हेरेर एक दिन थप वा घट हुनेछ । जिल्लाको सातै स्थानिय तहमा…
Read More
पूर्वी चितवनका पत्रकारलाई प्रेस ज्याकेट सहयोग

पूर्वी चितवनका पत्रकारलाई प्रेस ज्याकेट सहयोग

रत्ननगर,साउन ७पूर्वी चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई प्रेस ज्याकेट सहयोग गरिएको छ । ग्लोबल गोरखा समाज,सामुदायिक सेवा प्रतिष्ठान नेपाल र महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालले संयुक्त रुपमा पत्रकारहरुका लागी ३७ हजार ५०० रुपैयाँ बराबरको प्रेस ज्याकेट सहयोग गरेको हो । सामग्री प्राप्त गरिसकेपछि पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले सहयोगी संस्थालाई धन्यवाद दिदै पछिल्लो समय पत्रकारहरुलाई प्रेस ज्याकेट अत्यावश्यक भएकोले ज्याकेटले रिपोटीङको लागि थप टेवा पुग्ने विश्वास ब्यक्त गरे । सहयोग सामग्री हस्तान्तरण गर्दै महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालकी अध्यक्ष संगीता भट्टराईले पत्रकारको साथमा हामी पनि रहेका छौ भन्दै सहयोग गरेको वताईन । कार्यक्रममा सामुदायिक सेवा प्रतिष्ठान…
Read More
जिल्ला अदालत चितवनद्वारा भरतपुर महानगरको न्यायिक समितिले गरेका सबै निर्णय सदर

जिल्ला अदालत चितवनद्वारा भरतपुर महानगरको न्यायिक समितिले गरेका सबै निर्णय सदर

चितवन : भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायिक समितिबाट छ वटा निवेदन अदालत गएका थिए । महानगरपालिका न्यायिक समिति प्रमुख पार्वती शाह ठकुरीका अनुसार न्यायिक समितिले फैसला गरेका १६ मुद्दामध्ये छ वटा चित्त नबुझेर अदालत गएका थिए । उहाँले भन्नुभयो, “अदालत गएका मुद्दामा पनि हाम्रो निर्णय सदर भएको छ ।” महानगरको इजलासमा गत आवमा ३६ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आवबाट जिम्मेवारी सरी आएका आठ वटा मुद्दा रहेका थिए । गत आवका लागि ४४ मुद्दामध्ये यस आवलाई…
Read More
चितवनमा पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

चितवन,जेठ २१चितवनमा पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा २ जना,भरतपुर अस्पतालमा ३ जना ,कलेज अफ मेडिकल साइन्सेसमा ३ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना गरि ९ जनाको ज्यान गएको हो । जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १४ हजार २ सय २३ जना कोरोना संक्रमित भएकोमा १० हजार ५ सय ८८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ३ हजार ४ सय १० जना रहेका छन् भने अहिले सम्म…
Read More
अक्सिजन बैक संचालनमा ल्याउदै उधोग वाणिज्य संघ खैरहनी

अक्सिजन बैक संचालनमा ल्याउदै उधोग वाणिज्य संघ खैरहनी

उधोग वाणिज्य संघ खैरहनी ले अक्सिजन बैक संचालनमा ल्याएको छ। कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमण बड्दै जादा मुलुकभर अक्सिजनको अभाव देखिरहेको छ। आफ्ना आफन्तको प्राणको रक्षाको लागि बिरामीका आफन्त अक्सिजनको ब्यवस्था गर्न भौतारीरहेका छ्न। यो विषम परिस्थितिमा आफ्नो सेवा क्षेत्र भित्रका नागरिकलाई केही हदसम्म सहज होस र अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यको साथमा अक्सिजन बैकको स्थापना गरिएको संघका महासचिव केदारनाथ बर्तौलाले बताए। १९ वटा अक्सिजनका सिलिन्डर मार्फत बैकको स्थापना गरिएको र यो संख्या वृद्धि गर्दै लैजाने कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष कुमार खनालले जानकारी दिएका छन। कोभिडका बिरामिलाई आफुहरुले प्राथमिकतामा राखेको र आर्थिक अवस्था कमजोर हुनेलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.