अक्सिजन बैक संचालनमा ल्याउदै उधोग वाणिज्य संघ खैरहनी

उधोग वाणिज्य संघ खैरहनी ले अक्सिजन बैक संचालनमा ल्याएको छ।
कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमण बड्दै जादा मुलुकभर अक्सिजनको अभाव देखिरहेको छ। आफ्ना आफन्तको प्राणको रक्षाको लागि बिरामीका आफन्त अक्सिजनको ब्यवस्था गर्न भौतारीरहेका छ्न। यो विषम परिस्थितिमा आफ्नो सेवा क्षेत्र भित्रका नागरिकलाई केही हदसम्म सहज होस र अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यको साथमा अक्सिजन बैकको स्थापना गरिएको संघका महासचिव केदारनाथ बर्तौलाले बताए।
१९ वटा अक्सिजनका सिलिन्डर मार्फत बैकको स्थापना गरिएको र यो संख्या वृद्धि गर्दै लैजाने कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष कुमार खनालले जानकारी दिएका छन। कोभिडका बिरामिलाई आफुहरुले प्राथमिकतामा राखेको र आर्थिक अवस्था कमजोर हुनेलाई निशुल्क अक्सिजनको ब्यवस्था गर्ने खनालले जानकारी दिएका छन।
उधोग वाणिज्य संघ खैरहनीको भवनमा स्थापना भएको अक्सिजन बैकमा अक्सिजनको आवस्यक पर्नेहरुले अक्सिजन सिलिन्डर लिन आउदा डाक्टर र सम्बन्धित वडा कार्यलयको सिफारिस र खाली सिलिन्डर साथमा ल्याउनपर्ने संघका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिएका छन।

By चित्रवन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.