चितवन १६ बैशाख । आज साँझ आएको हावाहुरी संगै चितवनमा विभिन्न क्षेत्रमा विधुत आपुर्तिमा समस्या भएको छ । हावाहुीले विजुलीका पोलहरु ढालेका कारण केहि समय विधुत प्रसारणमा समस्या उत्पन्न भएको विधुत प्राधिकरणले वताएको छ । हावाहुरी संगै चट्याङ्ले विभिन्न ठाउँको ट्रान्सफर्ममा समेत क्षेति भएकोले समस्या भएको नेपाल विधुत प्राधिकरणले वताएको छ ।
चितवन बैशाख १६ । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रु सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक विकासका लागि खर्च गर्नुपर्ने भएको व्यवस्था अनुरुप सो रकम उपलब्ध गराएको हो ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदप्रसाद ढकालका अनुसार विसं २०५३ मा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बासिन्दाले आम्दानी उपभोग गर्न पाएका हुन् । निकुञ्ज र मध्यवर्ती बासिन्दाका बीचमा द्वन्द्व बढ्दै गएपछि यसलाई निराकरण गर्न मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो । समिति…
रत्ननगर १६ बैशाख । रत्ननगर नगरपालिका वडा नं ८ का अगुवाहरुलाई विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम दिइएको छ । वडा स्तरीय बजेटबाट विपद् व्यवस्थापन तालिम उपभोक्ता समितिले आयोजना गरेको सो तालिममा ३० जनाको सहभागिता रहेको थियो । नगर स्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष बलराम दाहाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनमा विपद् व्यवस्थापन समितिका संयोजक महेश्वर थपलिया र शान्ति पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष विनोद बस्नेत,रत्ननगर रेडक्रसका सभापति गोविन्द श्रेष्ठ,सचिव रामचन्द्र पौडेल,वडा सदस्यहरु गोकर्ण कुमारी महतो,भोला महतो,नेत्रलाल गिरी,कुमारी विश्वकर्मा,सचिव सुर्यप्रसाद ढुंगाना,निमावि चित्रसारीका प्रधानाध्यापक सुर्यप्रसाद लामिछाने,चित्रसेन मध्यवर्ती सामुदायिक वनकी सचिव रिता थापा लगायतले…
रत्ननगर १६ बैशाख । रत्ननगर नगरपालिका वडा नं १६ का वडा अध्यक्ष हेमराज थापाले गरिव तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्म पढाउने घोषणा गरेका छन । सो वडामा रहेको भद्रकाली माविमा कक्षा ५ मा अध्ययनरत आयुषा सूयालको अभिभाबकत्व ग्रहण गर्दै कक्षा १२ सम्म पढाउने घोषणा गरेका हुन । विद्यालयमा आयोजित कार्यक्रममा उनले सूयाललाई किताव,स्टेशनरी,पोसाक समेत प्रदान गरे । वडाध्यक्ष थापा नेपाली सेनाका अबकास प्राप्त नेपाली सुवेदार हुन । नेपाल सरकारबाट पेन्सन पाउने भएकाले उनले जनप्रतिनिधिलाई सरकारले दिने सेवा सुविधा पाउदैनन । वडाध्यक्ष थापाले आफुले पाउने पेन्सनबाट सूयाललाई कक्षा १२ सम्म पढाउने बताए । उनले वडा भित्रका आर्थिक…
काठमाडौ १५ बैशाख । नेपाली काँग्रेसमा पार्टीभित्र अनुशासन उल्लंघन गर्नेलाई कारवाहीगरिने भएको छ । केन्द्रीयअनुशासन समितिले छलफल गरेर देशभरीभरी निर्देशिका पठाउने छ । पार्टीीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीकाशीर्ष नेतादेखि कार्यकर्तासम्मलाई निगरानीमा राख्ने गरि कार्यविधीबन्दैछ । केन्द्रीयअनुशासन समितिको बैठक आज बस्दैछ । पार्टीको नयाँविधानअनुसार गठित अनुशासन समितिले चैत मसान्तभित्रउजुरी दिन७७ वटै जिल्लालाई पत्राचार गरेको थियो । सबै जिल्लाबाट प्राप्त १२० उजुरी परेका छन । तीउजुरीमाथि छानबिन गर्न आजदेखि केन्द्रीयअनुशासन समितिको बैठक बोलाइएको छ । बैठक लगातार बस्ने र पार्टीको विधान, आचारसंहिता, आचारण विपरित गएको पाइएकारवाहीगरिने केन्द्रीयअनुशासन समितिका संयोजकमाभीष्मराजआङ्दम्बेले जानकारी दिनुभयो । वैशाख २५ देखि जेठ २५…
काठमाडौ १५ बैशाख । वैदेशिक रोजगारीमाजाने युवालाई म्यानपावर व्यवसायीकाएजेण्टले ठगिरहेका बेला सरकारले म्यानपावर व्यवसायीले एजेण्ट राख्ने व्यवस्थाखारेज गरेको छ । सरकारले केही नेपाल ऐन संशोधनगर्ने क्रममा वैदेशिक रोजगार ऐनमात्यो व्यवस्था गरेपछि म्यानपावर व्यवसायीले अबएजेण्ट राख्ननपाउने गरि यो व्यवस्थाखारेज भएको हो । यसलाई कार्यान्वयमाल्याउनकालागि वैदेशिक रोजगार विभागले तयारी सुरु गरेको छ । विभागले म्यानपावर व्यवसायीलाई एजेण्ट नराख्ने निर्देशनसहितपत्रचार गरिसकेको बैदेशिक रोजगार विभागकामहानिर्देशक डाक्टर भिष्मकुमार भुसालले बताउनुभयो । ऐनमाम्यानपावरले एजेण्ट राख्ने व्यवस्थाखारेज भएपछि अब वैदेशिक रोजगारीमा ठगी कमहुने विभागले जनाएको छ
हुम्ला १५ बैशाख । हुम्लामा स्वास्थ्यकर्मीको टोली पठाइने भएको छ । प्रदेश सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सक सहितको टोलीहुम्लामा पठाउने तयारी गरिरहेको छन । हुम्लामा अज्ञात रोगकाकारण ९ जनाको मृत्यु भएपछि विशेषज्ञ चिकित्सक सहितको टोलीहुम्ला पठाउने तयारी कर्णालीप्रदेश सामाजिकविकास मन्त्रालयका स्वास्थ्य सेवामहाशाखाप्रमुख वृषबहादुर शाहीले जानकारी दिनुभयो । उहाँकाअनुसार औषधीसहितको टोली पठाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग छलफल भइरहेको छ । कर्णालीप्रदेश सरकारको सामाजिकविकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुन्वयमाविशेषज्ञ चिकित्सक सहितआवश्यकऔषधिहरु हुम्ला पठाने तयारी भईरहेको उहाँले बताउनुभयो । महामारी फैलिएको ठाउँमा आकस्मिक रुपमाऔषधि र विशेषज्ञ चिकित्सकहरु पठाइनेछ । हुम्लाको दक्षिणी भेगमाअवस्थितताजाकोट गाउँपालिकामामौसमी रुघाखोकीबाट तीन सातामा ९ जनाको…
रारा (मुगु), १५वैशाख । चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा टुक्रे योजना दिएको आलोचना भएपछि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले यस्ता योजनालाई नियन्त्रण गर्ने जनाएको छ । मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालू आवमा विविध समस्या र अड्चनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आवमा तिनलाई सच्याउँदै एक करोडभन्दा मुनिका टुक्रे योजना नबनाउने बताएका हुन् । चालू आवमा विभिन्न कानून, कार्यविधि तथा निर्देशिका बनाउनुपर्ने, कुन योजना कसले चलाउने भन्ने विषयमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच अन्यौल रहेकाले चालू आवमा विकास…
मिलन चाम्सद्धारा निर्देशित चलचित्र ‘वीर–विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । जेठ ३ मा प्रदर्शन मिति तोकिएको चलचित्रको पोस्टरमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्गलाई देख्न सकिन्छ । चलचित्र वीर र विक्रमको कथामा आधारित रहेको छ भने नायकमा वुद्धि तामाङ्गलाई खलपात्र देखिने भएको छ । त्यस्तै फिल्ममा नायक पह शाह र नायिका वर्षा सिवाकोटी जोडीको रुपमा देखिएका छन् । पिरतीको मिठो तिर्सना भन्ने बोलको गीत र वाचा गीतले राम्रो बजार जमाईरहेको छ । चलचित्र‘वीर विक्रम २’मा पल, नाजिर र वर्षाको अलावा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बू लगायतको अभिनय रहेको…
काठमाडौ ९ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकता घोषणा आज हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आज तल्लो तहको एकता घोषणा गरिने भएको छ । हिजो भएको सहमति अनुसार आज जिल्ला तहको नेतृत्वका लागि अध्यक्ष र सचिवका नाम सार्वजनिक गर्ने भएको छ । एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ । आज ७१ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारी नेकपाले नाम सार्वजनिक…