कुमरोज मध्यवर्ती सामुदायिक वनको १२ औ साधारण सभा सम्पन्न

कुमरोज मध्यवर्ती सामुदायिक वनको १२ औ साधारण सभा सम्पन्न

रत्ननगर, २९ चैत्र । चितवनको खैरहनी १२ र १३ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले चालू आर्थिक वर्षको ६ महिनामा पर्यटक सेवा करबाट २ करोड ११ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । वनले गत आर्थिक वर्षमा १ करोड ६८ लाख ९४ हजार ७ सय ४४ रुपैयाँ आम्दानी गरेको थियो । पछिल्लो पटक चितवनको सौराहा आउने पर्यटकको आकर्षक गन्तव्य कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह पर्ने गरेको छ । वन परिसरमा आज आयोजित १२ औँ बार्षिक साधारण सभामा चालू आर्थिक वर्षको ६ महिनामै गत वर्षको भन्दा दोब्बर पर्यटकले वन क्षेत्र भ्रमण गरेको तथ्याङ्क शार्बजनिक गरेको छ ।…
Read More
बार टेन्डर व्यवसायमा आकर्षण बढ्दो

बार टेन्डर व्यवसायमा आकर्षण बढ्दो

चितवन २८ चैत । बढ्दो शहरीकरणसँगै चितवनमा पछिल्लो समय बारटेण्डर व्यवसायमा आकर्षण बढेको छ । विशेष गरेर युवावर्गले यो क्षेत्रलाई रोज्ने गरेका छन् । यससम्बन्धी डिप्लोमा कोर्षमा पढाइसमेत हुने गरेको छ । भरतपुर–१० स्थित स्याउली बजार हाकिमचोकमा आफ्नो अध्ययन पूरा गरे पश्चात् वैदेशिक रोजगारिका लागि बिदेश जान चाहनेहरुका लागि र स्वदेशमा नै केही गरौं भन्ने भावना भएकाहरुका लागि चितवन फ्लेयर बार टेन्डर इन्स्टिच्युट विगत ५ वर्षदेखि सन्चालनमा आइरहेको छ ।वैदेशिक रोजगारका क्रममा सिङ्गापुर स्टार क्रुजबाट नेपाल आए पश्चात् नेपालमा नै केही गरौ भन्ने भावनाले यो व्यवसाय रोजेको संचालक संजोक गुरुङ बताउनुहुन्छ । कलात्मक ढंगले प्रयोगात्मक फ्युजनको विश्वभरि चल्ने ककटेल, मक्टेल…
Read More
बकुलहरमा माविको परिक्षाफल सार्वजनिक

बकुलहरमा माविको परिक्षाफल सार्वजनिक

रत्ननगर २८ चैत । पुर्वी चितवनको बकुलहरमा रहेको बकुलहर माध्यमिक विधालयको २०७५ सालको वार्षिक परीश्राफल प्रकाशित भएको छ ।आज विधालयमा आयोजना गरेको एक समारोहका विच परिक्षाफल प्रकाशित गरिएको विधालयकी प्रध्यानाध्यापक कमल ढकालले जानकारी दिनु भएको छ । ंआजै ४८ जना विघार्थीलाई इमेज जव लिङक सौराहाचोकको सहयोगमा पुरस्कार वितरण समेत गरेको ढकालले वताईन । परिक्षाफल प्रकाशित कार्यक्रमको सञ्चालन नारायण पौडेलले गर्नु भएको थियो भने परिक्षा समितिका संयोजक भोजराज पौडेलले परीश्राफल सार्वजनिक गर्नु भएको थियो । विधालयकी प्र.अ. कमला ढकालले विधालयको शैक्षिक , भौतिक, आथिक गतिविधिमाथि प्रकाश पानुभएको थियो । कार्यक्रममा रत्ननगर नगरपालीकाका नगर शिक्षा अधिकारी राजेन्द्र प्रसाद बराल प्रमुख अतिथि रहनु…
Read More
रत्ननगरमा निमार्ण भएको बसपार्क प्रयोग विहिन

रत्ननगरमा निमार्ण भएको बसपार्क प्रयोग विहिन

चितवन २८ चैत । रत्ननगर नगरपालीका विकासको दृष्टिकोणबाट हेर्दा निकै अघि बढेको छ । नगरपालीकाले संघिय सरकार , प्रदेश सरकारको सहकार्यमा र केहि आफ्नै बजेटबाट विकासको क्षेत्रमा केहि गर्न खोजेको प्रस्ट देखा परेको छ । नगरभित्र सम्पन्न भन्दा पनि विकास निमार्ण कार्य निरन्तर सञ्चालीत छन् । नगर भित्र ईकोपार्क, वालउधान, कवर्ड हल , सडक,कयर खोला डयाक निमार्ण , ढल निमार्णको कार्यले तिब्रता पाएको छ । नगरपालीकाले नगर भित्रको चारओटा बिधालयमा प्राविधिक शिक्षा सुरु गरिसकेको छ । नेपालको तेस्रो पर्यटकयी स्थल सौराहा प्रवेशद्धारलाई भने बेवास्था गरेको प्रस्ट देखापरेको छ । अतिक्रमित क्षेत्र खाली गरी १० कट्ठा जमीनमा करीब रु ४० लाखको…
Read More
नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाद्धारा हावाहुरु पिडितलाई सहयोग हस्तान्तरण

नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाद्धारा हावाहुरु पिडितलाई सहयोग हस्तान्तरण

रत्ननगर २७ चैत । नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाले वारा र पर्साका हावाहुरु पिडितका लागि सहयोग हस्तान्तरण गरेको छ । वारा र पर्सा लगायतका जिल्लामा ठूलो आँधी बेहेरी र चट्टयाङ पर्दा करिब ३० जनाको मृत्यु भएको थियो । हावाहुरीवाट पिडित भएकाहरुको लागि नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाले नगद १ लाख ६९ हजार ७ सय ९२ रुपयाँ वारा बिपत व्यवस्थापन सहायताकोषमा जम्मा गरेको रत्ननगर उपशाखाका अध्यक्ष गोविन्द श्रेष्ठ जानकारी दिनु भएको छ । वाराको कलैयामा एक समारोहका विच सहायताकोषमा जम्मा गरेको भौचर हस्तान्तरण समारोहका प्रमुख अतिथि एवं वाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरेको श्रेष्ठले वताए । कार्यक्रममा नेपाली सेना…
Read More
चौंथो खैरहनी  खुल्ला नक आउट भलिवल प्रतियोगिताको उपाधि कालिबाहादुर गण भरतपुरलाई

चौंथो खैरहनी खुल्ला नक आउट भलिवल प्रतियोगिताको उपाधि कालिबाहादुर गण भरतपुरलाई

चितवन २७ चैत्र । चौंथो खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ । नव युवा कल्ब हर्नरी र चितवन युनाइटेड खैरहनी १३ को आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो । आज भएको फाईनल खेलमा सगमाथा रिकण्डीसन हाउसलाई १–३ को सेटमा पराजित गर्दै कालिबाहादुर गण भरतपुर बिजयी भएको छ । बिजेता कालिबाहादुर गणले नगद पचास हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने द्धितीय भएको सगमाथा रिकण्डीसन हाउसले नगद ३० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी सगमाथा रिकण्डीसन हाउसका धिरज बस्नेत हुन सफल भएको खेल संयोजक नवराज…
Read More
कुखुराको साइज अनुसार मूल्य घटाउने निर्णय मान्दैनौ: कुखुरा ब्यबसायी

कुखुराको साइज अनुसार मूल्य घटाउने निर्णय मान्दैनौ: कुखुरा ब्यबसायी

चितवन,२६ चैत्र । दाना उद्योग र ह्याचरी उद्योगीहरुले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर दादागिरी देखाउने खोजेको भन्दै त्यसका विरुद्ध कुखुरापालन किसानहरु विरोधमा उत्रिएका छन् । दाना उद्योग संघका अध्यक्ष, ह्याचरी संघ र व्यापारीहरुको संस्था राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले कुखुरा पालक किसानहरुसँग छलफल नै नगरी कुखुराको मूल्य तोकेको भन्दै आक्रोष व्यक्त गरेका छन् । वास्तविक किसानहरु मारमा पार्ने गरी आफूखुशी दाना उद्योगीहरुले कुखुराको साइज अनुरुप ४ देखि १५ रुपैयाँ प्रतिकेजी कुखुराको मूल्य घटाउने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनक प्रसाद पौडेलद्धारा जारी गर्नु भएको प्रेसविज्ञप्तिमा उल्लेख छ । संघले जारी गरेको प्रेस विज्ञप्तिमा कुखुरा…
Read More
खैरहनीमा ८ कक्षाको परिक्षाफल प्रकाशन

खैरहनीमा ८ कक्षाको परिक्षाफल प्रकाशन

चैत २६ गते । स्थानीय तह कार्यान्वयन पछि पहिलो पटक खैरहनी नगरपालिकाले लिएको आधारभुत शिक्षा उर्तिण परिक्षा (कक्षा ८ )को नजिता प्रकाशन गरेको छ । आधारभूत शिक्षा उर्तिण परिक्षा समितिका अध्यक्ष खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माको अध्यक्षतामा तथा नगर प्रमुख लालमणी चौधरीको उपस्थितीमा मंगलवार विहान वसेको वैठकले परिक्षाफल प्रकासन गर्ने निर्णय गरेको थियो । नगर भित्रका २५ वटा विद्यालयबाट सो परिक्षामा १ हजार २ सय ९ जना विद्यार्थी सहभागी रहेकोमा १ सय ८ जना विद्यार्थीले ग्रेट वृद्धी परिक्षा दिनु पर्ने देखिएको खैरहनी नगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए । परिक्षामा १८३ जना विद्यार्थीले ए प्लस ,२५५…
Read More
खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिता सुरु

खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिता सुरु

चितवन २५ चैत्र ।चौंथो खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिता आज सोमवारदेखि सुरु भएको छ । नव युवा कल्ब हर्नरी र चितवन युनाइटेड खैरहनी १३ को आयोजनामा भएको कार्यक्रम वुधवार सम्म सञ्चालन हुनेछ । आज भएको प्रतियोगिताको उद्घाटन खेलमा तिन नम्वर वाहीनी एपिएफ भण्डाराले भरतपुर टे«निङ्ग भरतपुरलाई २५–२२ र २५–२३को सोझो सेटमा पराजित गरेको छ । त्यस्तै आजै भएको दोस्रो खेलमा विपत व्यवस्थापन गण रसौलिलाई २५–१९ र २५–२१ को सेटमा पराजित गर्दै अभियान युवा कलव विरेन्द्रनगर अर्को चरणमा प्रवेश गर्न सफल भएको छ । यसै गरि आजै भएको तेस्रो खेलमा सगमाथा रिकण्डीसन हाउस भरतपुरले लामा स्पोर्टस विरेन्द्रनगरलाई २५–१७ र…
Read More

एस एच मोटर्सले ल्यायो फोर्ड फिगो मोडलको कार

चितवन २५ चैत । । फोर्ड गाडीको चितवन र नवलपुरको आधिकारिक विक्रेता एस एच मोटर्स प्रालिले फोर्ड फिगो मोडलको कार बजारमा ल्याएको छ । एस एच मोटर्स प्रालिले एक कार्यक्रमबीच २०१९ संस्करणको उक्त मोडलको कार सार्वजनिक गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले कारको टेष्ट ड्राइभ गरी औपचारिक रुपमा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै डल्लाकोटीले चितवनको बाटो सुहाउंँदो यस मोडलले मध्यमस्तरका बर्गलाई बढी उपयोगी हुने बताए । पछिल्लो चितवनको बजारमा कारको समेत उत्तिकै माग रहेको बताउंँदै उनले यस मोडलको कारले अन्य कम्पनीको कारसंँग प्रतिस्पर्धा गर्न सक्ने बताए । फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टाइल, शक्तिशाली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.