नेकपाकाले आज जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम सार्वजनिक गर्दै
काठमाडौ ९ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकता घोषणा आज हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आज तल्लो तहको एकता घोषणा गरिने भएको छ । हिजो भएको सहमति अनुसार आज जिल्ला तहको नेतृत्वका लागि अध्यक्ष र सचिवका नाम सार्वजनिक गर्ने भएको छ । एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ । आज ७१ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारी नेकपाले नाम सार्वजनिक…